जुम्ला : जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ । कनकासुन्दरी गाउँपालिकाकाे आयाेजना र दुबाे खबर/ सिंजा मल्टीमिडिया प्रा.लीकाे समन्वयमा आर्थिक वर्ष २०८०/८१ काे वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे । सार्वजनिक सुनुवाइकाे क्रममा स्थानीयले गाउँपालिका सरकारका विविध काम कारबाहीबारे जिज्ञासा राखेका थिए । सहभागी युवाले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा युवा लक्षित कार्यक्रम नसमेटिएकाे हुदा याे आर्थिक वर्षमा युवा लक्षित कार्यक्रम गाउँपालिकाले समेट्नु पर्ने आफ्नो धारणा राखृका छन् । कनकासुन्दरी गाउँपालिकाकाे वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमका प्राय सहभागीले कनकासुन्दरीमा स्याउकाे काेल्डस्टाेर, किसानलाई अनुदान, आैजार लगाएतका सामाग्री उपलब्ध गराउनु पर्ने बताएका छन् ।
यस्तै नकपा एमाले जुम्लाका सचिवालय सदस्यले गाउँपालिकामा अघिल्लो सरकारका पालामा ७५ लाख देखि ८० लाख सम्म बजेट विनियोजन हुने गरेकाेमा वर्तमान सरकारले २५ देखि ३० लाख सम्म बजेट विनियोजन गर्ने गरेकाे प्रति आफ्नो आपत्ति रहेकाे बताए । यस्तै कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले कनकासुन्दरी गाउँपालिकाले नागरिकका माझ भएका समस्या सबै गाउँपालिकाले हल गरेकाे बताए । उनका अनुसार, कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा चालू तर्फ ९३.७ प्रतिशत बजेट खर्च र पुजिगत ७८.१३ प्रतिशत बजेट भएको बताए । प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार कनकासुन्दरी गाउँपालिकामा बसाेबास गर्ने आम नागरिककाे सहजतमका लागि गाउँपालिकाले कुनै पनिबाम गर्न सक्ने बताए । यस्तै सहभागीले राखेका गुनासाेका जवाफ दिदै गाउँपालिकाका अध्यक्ष दामाेदर प्रसाद आचार्यले हामीले सबै नागरिककाे समस्या हल गरेकाे दाबि गरे ।
उनका अनुसार नागरिककाे सबैभन्दा ठुलाे समस्या स्याउ व्यवस्थापन रहेकाले यसका लागि संघ, प्रदेश सँग समन्वय गरेर व्यवस्थापन गरि समस्या हल गर्ने बताए । कनकासुन्दरी गाउँपालिकाकाे आर्थिक सहयाेग र दुबाे खबर/ सिंजा मल्टीमिडिया प्रा.लि.काे सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय समाजसेवी,बुद्धिजीवी,महिला, बालबालिका,जनप्रतिनिधिसहित पत्रकारहरूकाे सहभागिता रहेकाे थियोे ।
काली बहादुर परियार । २०८१ असोज ११ गते शुक्रवार