जुम्ला । साविक कर्णालीका तीन जिल्लाका पत्रकारहरुका लागि जुम्लामा द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशाला प्रशिक्षण तालिम सुरू भएकाे छ ।साविक कर्णालीका जुम्ला सहित मुगु र कालिकाेटका क्रियाशिल पत्रकार हरुकाे क्षामता विकासका लागि जुम्लामा तालिम सुरु गरिएकाे हाे ।
तालिममा तीन जिल्लामा २० जना पत्रकार सहभागी रहेकन छन् । मिडिया एक्सन नेपालकाे आयाेजनामा संचालित दुईदिने द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशालाले माेपसलका पत्रकारलाई कुनै पनि द्वन्द्वका घटना बारे संवेदनशील भएर कसरी रिपाेर्टिङ गर्ने,कस्ता विषयमा ध्यान पुराउने विषयमा विभिन्न प्रस्तुतीकरण समेत रहने छन् ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त तालिमकाे मुख्य प्रशिक्षका रुपमा रहेका छन् । प्रशिक्षक अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई रहेका छन् ।
कर्णाली प्रदेशका पत्रकारलाई द्वन्द संवेदनशील पत्रकारिताबारे जानकारी दिने उद्देश्यले तालिम आयाेजना गरिएकाे मिडिया एक्सन कर्णाली प्रदेश संयाेजक ललित बुढाले बताए ।
याे तालिम यसअघि सुर्खेत र रूकुम पश्चिममा सञ्चालन भएकाे थियाे । हालसम्म कर्णालीका ६० जना पत्रकारलाई तालिम प्रदान गरिएकाे।
काली बहादुर परियार । २०८१ भाद्र ३० गते आइतवार