चाडपर्व लक्षित सहुलियत मूल्य पसल संचालन हुदैँ

जुम्लामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल संचालन हुने भएको छ।असाेज १३ गतेदेखि सहुलियत मूल्य पसल संचालन हुने भएकाे हो ।नेपालीहरुकाे महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै सहुलियत मूल्य पसल संचालन हुने भएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका प्रमुख सन्ताेष तिवारीले बताए।सहुलियत मूल्य संचालनपछि प्रतिकेजी चामलमा ५ रुपैया छुट हुने प्रमुख तिवारीको भनाइ छ छ । उनका अनुसार जिल्ला भरीका लागि सहुलियत मूल्य पसल संचालन गर्न ५ हजार क्वीईन्टल छुटाईएकाे छ । भने चालू आवका लागि जुम्लामा ९ हजार क्वीईन्टल चामलकाे काेटा छुटाईएकाे छ ।खाद्यले हाल स्ट्रिम जिरा मसिनाे,अरुवा माेटा र साेना मन्सुली चाल विक्रि हुँदै आएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताए ।उनका अनुसार सहुलियत मूल्य पसल संचालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५,प्रतिबाेरा १६ सय ७५ रुपैयाँ पर्ने अरुवा माेटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने साेना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा विक्रि हुने छ ।चाडपर्वका बेला सहुलियत पसलबाट थाेरै छुटले पनि विपन्न नागरिकलाई राहत हुने समेत अपेक्षा गरिएकाे छ । हाल खाद्यबाट दैनिक १२० देखि१३० क्वीईन्टल चामल विक्रि भईरहेकाे छ ।



तपाईको प्रतिक्रिया