फैलाउन सचेतना पहिला नियम आफैले पालन गरौँ
होला बाध्यता साधनको आवश्यकता सुधारले भरौं
महानता मुस्किलले देख्छन् गल्ति सजिलै देखिन्छ ,
सबै क्षेत्र सुधार्न जागरुक बनि हामी अघि सरौं । **
– सुस्मिता अधिकारी
बोलाइ भन्दा गराइ फरक,द्वैध चरित्र बुझि नसक्नु छ
बेइमान लुक्छ इमानको च्यादर भित्र बुझि नसक्नु छ
“तरबार देखाएर शान्ति फैलाउने”कस्तो चल्ती चल्यो,
जो रक्षक उही भक्षक, लौ न विचित्र बुझि नसक्नु छ ।
– विवेक रिजाल
सडकमा बसी चेकजाँचको ब्रम्हलुट किन होला
जनतालाई सजाय तपाईंलाई छुट किन होला
गल्ती उहि हो नियम उहि हो यो जान्दा जान्दै
ट्राफिक नियम बराबर हो भन्ने झुट किन होला l **
– एकराज
मान्छे मान्छे बिच कानुनको दुरि बढाउन अलि सुहाएन कि ?
लात हानेर त्यही पत्थर लाई फुल चढाउन अलि सुहाएन कि ?
जो मान्छे स्वयम् आफैं नैतिक छैन कानुन मान्दैन
उसैले फेरि नैतिकताको पाठ पढाउन अलि सुहाएन कि ?
– रुबिना राना
सर्वहारासंग झर्केको, पहुचवालासंग झुकेको देखिन्छ
हरेक क्षेत्र,हरेक कार्यलय यस्तै तन्त्रले बिग्रेको देखिन्छ
संसारमा मेरै देश मात्र, एउटा यस्तो देश होला जहाँ..
जसले नियम बनाउँछ उसैले नियम मिचेको देखिन्छ ।
– सुशीला ढकाल
दुबोखबर । २०८१ मङ्सिर २४ गते सोमवार