मुगु । मुगु जिल्लाको पूर्वी भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकाको पुलमा आँखा शिविर सञ्चालन गरिएको छ । मुगुमकार्मारोङ्ग गाउँपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुग, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोेजनामा र आई केयर फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा पुलुमा २ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरमा ३४ जना मोतियाविन्दु भएका आँखाका बिरामीको शल्यक्रिया गरिएको छ ।पुलुमा असोज ७ र ८ गते दुई दिन सम्म सञ्चालन भएको आँखा शिविरमा ३ सय ९७ जना आँखाा बिरामीको चेकजाँच गरिएको डाक्टर सुवाश नेपालले जानकारी दिए । उनका अनुसार ३४ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ ।
शिविरमा विकट मुगुमकार्मारोङ्ग गाउँपालिकाका स्थानीय लगायत अन्य स्थानीय तहबाट आएका आँखाका बिरामीको पनि चेकजाँच गरिएको थियो । मोतियाबिन्दु भएका आँखाका बिरामीलाई चश्मा पनि वितरण गरिएको छ ।
आँखाका विरामी सबै भन्दा बढी ५० बर्ष भन्दा माथिका धेरै रहेका र आँखाको हेरचाहा राम्रोसँग नगर्ने, धुवा धुलोका कारण पनि आखाँमा समस्या हुने गरेको चिकित्सहरुले बताए । उनीहरुले शिविरमा आएका आँखाका विरामीहरुले घर नजिकै आखाँको उपचार गर्न पाएकोमा खुसी व्यक्त गरे । घर नजिकै शिविर सञ्चालन हुदाँ बन्द भएको आखाँ खुलेको भन्दै मुगुमकार्मारोङ्ग गाउँपालिकाका २ का टसी लामाले खुसी व्यक्त गरे । निःशुल्क आँखा शिविरमा डाक्टर अन्जु गुरुङ्गको नेतृत्वमा, डाक्टर गोविन्द्र नाथ योगी,डाक्टर सुवास नेपाल, धुव्र बहादुर बुढथापा लगायतका चिकित्सकको टोली पुलुमै पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए ।
काली बहादुर परियार । २०८१ असोज ११ गते शुक्रवार