समाजसेवी बुढाद्वारा खड्कदेविका ३ सय ५० जना बिद्यार्थी लाई पाेषाक तथा स्टेशनरी सामाग्री वितरण

जुम्ला । जुम्लाको खड्कदेवि माध्यामिक बिद्यालयका बिद्यार्थीलाई पोषाक तथा स्टेशनी सामाग्री वितरण गरिएको छ । मंगलबार गुठिचौर गाउँपालिका वडा नम्वर ३ का समाजसेवी तथा डोल्पा जिल्ला खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यालयका लेखा अधिकृत हस्त वहादुर वुढाले बिद्यालयमा पोषाक तथा स्टेशनरी सामाग्री वितरण गनुृभएको हो । गत साउन ६ गते परेको जन्मको अवरमा बिद्यालयमा पोषाक र स्टेशनरी सामाग्री वितरण गर्ने घोषणा गरेको आधारमा मंगलबार वितरण गर्नुभएको हो ।

बुढाले गुठिचौर १ को खड्कदेवि माध्यामिक बिद्यालयका १ सय जनालाई पोषाक र ३ सय ५० जनालाई कापी,कलम विगरण गरेको बुढाले बताउनुभयो । उहाँका अनुसार बिद्यालयका जेहेन्दार र गरिव बिद्यार्थीलाई पोषाक तथा कापी, कलम वितरण गरेको बताउनुभयो । बुढाले भन्नुभयो, अनावश्यक जन्म दिन मनाएर पैश खर्च गर्नुभन्दा जेहेन्दार र गरिव बिद्यार्थीको पढाईमा सहज बनाउनको लागि सहयोग गरेको बताउनुभयो । विद्यालयमा रहेका गरिव, विपन्न, अशक्त, टुहुरा तथा असहाय बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक उपलब्ध गराएको वुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले गत साउन ६ गते घोषणा गरे अनुसार विद्यार्थीलाई पोषाक सहयोग गरेको उहाँले बताउनुभयो ।

अनावश्यक खर्च गरेर जन्मदिन मनाउनु भन्दा गरिब, जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्नु उचित ठानेको उहाँको भनाई छ । यस अघि पनि उहाँले आफ्नो व्यक्तिगत खर्चमा शंकर वहुउदेश्यिय माध्यमिक विद्यालय, देउराली आधरभुत विद्यालय, कुडि आधारभुत विद्यालय, जेष्ठ नागरिकलाई सम्मान, मन्दिर लगायतका संरचना निर्माण गराइसक्नु भएको छ । उहाँले हरेक वर्ष आफ्नो जन्मदिनमा विभिन्न सामाजिक काम गरेर मनाउने गर्नुभएको छ ।



तपाईको प्रतिक्रिया