जिन्दगीको दौरानमा
कयौंपटक मैले पनि
मुस्कुराउन न खोजेको होइन
तर , मुटुमा ऐजेरु पालेर
हाँस्न नसकिने रहेछ
धेरै पटक मनमा
अन्कुराएका चाहनाहरुलाई
मलजल गरेर
गोडमेल गरेर
हुर्काए, बढाए
अनायासै, आएको
विवशताको हुरीले
मेरा फक्रीन लागेका चाहनाहरु
मेरा फूल्दै गरेका सपनाहरु
तहस नहस भएर गए
तथापी
बाँचेकै थिए
समयको भेलले फेरि
बगायो मेरा इच्छालाई
छताछुल्ल भए मेरा रहरहरु
अबत चुपचाप बस्नु
उदाशीमा दिन बिताउनु
मेरो दिनचर्या भएको छ
त्यसैले, कोहि पनि
न झुक्किनी होला म सँग
ब्यथालाई ह्याकुलाले च्यापेर
पिडालाई मनको कुनामा
थन्क्याएर
जीवनको नयाँ गोरेटोमा
मुस्कानको फूल फूलाउने आशा
अनि खुशीको सागर तरेर
मदहोस हुँदै रमाउदै
पिरतीको नौलो संसारमा
हराउने अभिलाषा
मेरो पनि थियो नि
तर, के गर्नु?
आ- आफ्नो कर्मको खेल हो
भाग्यको लेखा
मेटाएर मेटाउन नसक्ने मान्छेले
बाध्य भएर भोग्नु पर्ने रहेछ।
मोहन खड्का ‘प्यासी’/धनकुटा
दुबोखबर । २०८१ असोज ७ गते सोमवार