जुम्लाको कनकासुन्दरी गाउँपालिकालाई साक्षर घाेषणा गरियाे

जुम्ला । शुक्रबार जुम्लाको कनकासुन्दरी गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ ।  बहुभाषिक शिक्षाको प्रर्वद्धन पारस्परीक र शान्तिको लागी साक्षरता भन्ने मूल नाराका साथ जुम्लाको कनकासुन्दरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरेको हो । कनकासुन्दरी गाउँपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले औपचारिक रुपमा साक्षर घोषणा गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री भण्डारीले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक पूरा गरेपछि औपचारिक रूपमा घोषणा गर्न मिल्ने बताए ।

उनले भने, अनुभबका आधारमा जुम्लाका कुनै पनि नागरिक निरीक्षर नभएको दाबि गरे। पछिल्लो समयमा जुम्लाका धेरै कर्मचारीहरुले काठमाण्डौँकाे उच्च तहमा नेतृत्व गरी रहेका छन् । उनका अनुसार धेरै जसो जिल्लामा जुम्लाका राष्ट्र सेवक कर्मचारीहरु छन ।तर जुम्ला लगायत कर्णली अशिक्षत छ, गरिब छ भन्ने गलत प्रचार गिरएको बताए । उनले थपे,प्रजातन्त्रको बेला पनि अन्न किनबेच गर्दा हरहिसाब राख्न सक्ने ज्ञान भएका व्यक्तिहरु कर्णालीका भएकाले निरक्षर भन्न नमिल्ने उनको भनाइ छ । जुम्लामा केटिएसले उत्पादन गरेको दक्ष जनशक्ति देशभर छरिका छन ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले जुम्लाका पाँच वटा स्थानीय तह साक्षर घोषणा भएको बताए । उनका अनुसार हिमा,सिजा , चन्दननाथ नगरपालिका ,पातारासी कनकारी सुन्दरी साक्षर घोषणा गरिएको हो । कर्णालीका आमाहरु हाल भिडियो कल गर्न र औँला भाँचेर हिसाब राख्न सक्ने भएकाले निरक्षरता पहिले नै नभएको बताए । उनले सरकारको नीतिलाई पछ्याउँदै पालिका साक्षर घोषणा गरेकोमा कनका सुन्दरी गाउँपालिका र साझेदारी संस्थाहरुलाई आभार ब्यक्त गरे ।

त्यस्तै गाउँपालिका अध्यक्ष दमादर प्रसाद आर्चायले कनका सन्दरीको कुल जनसंख्या १३ हजार ६ सय २५ रहेकोमा तीमध्ये बाट १५ देखि ६० वर्ष उम्मेरका ९७ प्रतिशत साक्षर रहेको बताए । साक्षरताका १२ वटा सूचक मध्ये हस्ताक्षर गर्न सक्ने, मोवाईल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, १ देखि १० सम्म अंक भन्न र सामाजिक भावनाहरु व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको बताए ।



तपाईको प्रतिक्रिया