स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार मानदत्त रावललाई प्रदान गरिएको छ । प्रतिष्ठानले हरेक वर्ष झै वितरण गर्दै आएकाे क्रियाशील पत्रकारिता पुरस्कार याे वर्ष पत्रकार रावलाई प्रदान गरेकाे हाे । १४ वषर्षदेखि पत्रकारितामा क्रियाशील रावल जुम्लाबाट दैनिक प्रकाशनमा रहेका हुने कर्णाली पाेष्ट दैनिकका सञ्चालक र सम्पादक हुन् । जुम्लामा विगत डेढ दशकदेखि क्रियाशील पत्रकारिता गरिरहेका रावललाई `स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८१’ पत्रकार रावललाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए ।
उनका अनुसर, १० हजार राशी भएको पुरस्कारको तेस्रो संस्करणबाट पुरस्कृत भएको प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले बताए । उनले भने, स्व. दीपबहादुर स्मृति प्रतिष्ठान,जुम्लाले जुम्ला र बाँकेमा प्रदान गर्दै आएकाे छ। प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले पुरस्कारको स्थापनाले कर्णाली लगायत विकास विकट भूगोलबाट समाचार लेखनमा सक्रिय पत्रकारलाई उत्साहित गर्ने उद्देश्य रहेकाे उल्लेख गरे ।
यस्तै कार्यक्रममा बाेल्लै गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले याे कार्यले क्रियाशील पत्रकारका लागि थप हाैसला प्रदान गर्ने बताए । उनका अनुसार, याे कार्य हरेक वर्ष संचालन गर्न सुझाव दिए । उनले भने, याे प्रतिष्ठानका लागि गाउँपालिकाकाृ तर्फ बाट र आफ्नो व्क्तीगत तर्फबाट सहयाेग रहने बताए । यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलका अनुसार कतिपय समाजमा आफ्ना जन्म दिने बा- आमालाई सम्मानका नाममा नाटक गर्ने गरेकाे बताइन् । उनका अनुसार, याे प्रतिष्ठानकाे काम देखेर अरूले पनि देखासिकि गर्नु पर्ने बताइन् । यस्तै स्व : दिप बहादुर स्मृति प्रतिष्ठानकाे अक्षय काेष स्थापना गर्नका लागि सहयाेग गर्ने, सिंजा गाउँपािलका वडा नम्बर ५ का रामसिंह रावल, तातोपानी गाउँपालिका वडा नम्बर २ का सागर परियार, चन्दननाथ नगरपालिका १० का महेश नेपाली र तातोपानी गाउँपालिका वडा नम्बर ४ का भरत नेपाली लाई प्रसंशापत्र दिएर सम्मान गरिएको छ ।
काली बहादुर परियार । २०८१ असोज १९ गते शनिवार