साइबर अपराधको मुद्दामा अभियान्ता दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।भर्‍याङ लगाएर कम्पाउन्डमा प्रहरी प्रवेश गरेको घटनास्थल कमेरोटारमा रहेका नेपाल प्रेस संवाददाता दिनेश थापाले जानकारी दिए । घरभित्र प्रसाईं र उनीसँगै रहने केही युट्युबर थिए ।विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया