अन्न र जैविक विविधता बचाऊ सबै जना मिली

खेतीको कामले गर्दा
विहान रोटी साँझ भात
अर्गानिक अन्न पाउदा
बलियो बनायो हाम्रो आँत

नुन खुर्सानी रोटी च्यापी
जान्छिन उनी बनमा
चिसो पानी साँझ पिउदा
अमृत खाएझैं हुन्छ मनमा

गाई भैसी भेडा च्याङ्गा
घोडा खच्चर चौरीगाई
उनकै मलमूत्रबाट बन्छ
प्राङगारिक ताजमल भाइ

यही मलको प्रयोग गरी
उब्जाउन्छन् अर्गानिक अन्न
हृष्ट पुष्ट शरीर देख्दा
सबै हुन्छन् दंग

भातैभात खानपाए पछि
रोटीलाई छुदैछुदैनन्
श्र्वासप्रश्वास रोगी बन्दछन
निरोगी हुदैहुदैनन्

अझै शरीर बलियो बनाउनु
कोदो मकैको ढिडो
किसान बनी पालौ परिवार
थामौ पुर्खाको बिडो

फाफरबाट के के बन्छ
ढयासु लगर लिटो केक
ढयासु बनाई लैजाउ तिमी
रहन्छ एकदुई महिना तक

कागुनो चिनोको चामल
दूधमा पकाई खानु
धेरै रोगलाई सन्चो पार्छ
अौषधी हो भनी जान्नु

तातोतातो कोदाको पुवा खाए
रगत मासी थाम्छ
यै कोदाको पिठो हिमालमा
खोले भनी खान्छ

उनका कति राम्रा राता
गाला पौष्टिकताले गरी
अर्गानिक अन्न उब्जाउन्छन्
कर्णाली अञ्चल भरी

कुनै अन्न कम्ती छैन
प्रकृति कामले गर्दा
अर्गानिक अन्न हराउन्छकि
पशुबस्तु पाल्न छोड्दा

अन्न र जैविक विविधता
बचाऊ सबै जना मिली
भावी सन्ततिलाई सुख
होला सयौ बर्ष भोलि



तपाईको प्रतिक्रिया