पत्रकार महांसघ जुम्लाका अध्यक्ष चाैलागाईँलाई सञ्चारमन्त्रीकाे बधाई 

सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूडले नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चाैलागाईलाई बधाई दिएका गरेका छन् । मंसिर २८ गतेसम्म महासंघकाे निर्वाचनमा जुम्ला शाखाकाे अध्यक्षमा निर्वाचित चाैलागाईँलाई आइतबार दिउँसाे टेलिफाेन गरेर बधाई दिएका हुन् । निर्वाचनमा साँझा उम्मेदवारी दिएर विजयी भएकाे भन्दै मन्त्री गुरूङ कायर्यकाल सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

 

तीन संगठन मिलेर साझा उम्मेदवारी दिएर जित्नु भएकाे रहेछ । तपाईंसहित सम्पूर्ण टिमलाई बधाई छ । सफल कार्यकालकाे शुभकामना ।, ´सञ्चारमन्त्री गुरूङले अध्यक्ष चाैलागाईँसंगकाे टेलिफोन वार्तामा भनेका थिए ।

मन्त्री गुरूङले माेफसल पत्रकारिता क्षेत्रका समस्या र चुनाैतीकाे समाधान आफ्नाे प्राथमिकता रहेकाे उक्त अवसरमा मन्त्री गुरूङले बताए । महासंघ जुम्लालाई आवश्यक सहयाेग गर्दै जाने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जुम्ला दर्पणसँग कुराकानी गर्दै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष चाैलागाईँले सञ्चारमन्त्रीकाे फाेन गरेर बधाई तथा शुभकामना व्यक्त गरेकाे पुष्टि गरे । उनले भने,` सञ्चारमन्त्री ज्युले फाेन गरेर बधाई ज्ञापन गर्नुभयाे । सबैलाई मिलाएर लैजान र नमुना काम गर्न सुझाव दिनुभएकाे छ । मैले पनि उहाँलाई धन्यवाद व्यक्त गरे ।´अध्यक्ष चाैलागाईँले टेलिफोन वार्ताका क्रममा सञ्चारमन्त्री गुरूङलाई दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारमा चासाे दिन आग्रह गरेका थिए ।

पत्रकारिता जगतले सधै राज्यलाई खबरदारी गर्नुपर्ने गुरूङकाे जाेड थियाे । चाैलागाईँले नेपाल पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए । शाही नेपाल प्रेस सेन्टर,प्रेस चाैतारी र प्रेस युनियन जुम्लाका साझा उम्मेदवार चाैलागाईँसँग तीन मतले पराजित भएका थिए । कुल ५४ मतदानमा रहेकाेमा ५३ जना मतदानमा सहभागी भएका थिए ।तीमध्ये चाैलागाईँले २८ मत प्राप्त गरे भने पराजित शाहीले २५ मत प्राप्त गरेका थिए ।अध्यक्ष निर्वाचित चाैलागाईँ नेपाल पत्रकार महासंघका पूर्ण केन्द्रीय सदस्य हुन् ।



तपाईको प्रतिक्रिया