पौराणिक काल दैत्यको राजमा
देवतहरूको आपतकालिन कालमा
देवताहरूको आपस आपसमा
देवि भक्ति गर्ने आसमा
गए ब्रम्हा बिष्णु महेश्वरको पासमा
विपत्ति टार्छनकी भन्ने आसमा
हामीबाट दैत्य संघार हुदैन जवाफमा
प्रभुबाट निवारण होस भन्ने अभावमा
गर्न थाले महामही शक्ति माताको
अत्यचारी दैत्यमारी रक्षा गर आत्माको
देवताहरूको स्तुतिबाट प्रकट भइकन
शक्तिमाता भवानी भक्त पालन भइकन
दिए सारा शस्त्रअस्त्र देविको पाउँमा
यो शस्त्रप्रहार हुनेछ दैत्यको नाउँमा
मारिन चण्डमुण्ड रक्तवीज महिसासुर
नवदुर्गा नाम रहयो सुरअसुर मार्देनी
त्यसै बखतबाट नौ रात दशैं चलन
घटस्थापना गरी नवदुर्गा पूजन
चैतमा हुन्थ्यो बडा दशैं पर्व
सम्पुर्ण कुराको यो अभाव पर्व
सारियो शरद ऋतुमा सम्पुर्ण शुभफल
हट्यो बर्षाको पानी भयो झलमल
राष्ट्रिय चाड आयो बिजय दशमी र तिहार
रमाई रमाई मनाउन्छौं नेपाली निशानी
मित्रबन्दु आमा वुवा परिवारमा
हर्षउल्लास छायो छर छिमेकमा
ठुलाबाट आशिर्वाद पाउने दक्षिणा पनि
दौडधुप गरिन्छ ईष्टमित्रको घर पनि
खराब छ कुलतका राक्षस मनमा
नास गरौंन नवदुर्गाले हटोस मनमा
बनोस सभ्य मानव माताको कृपामा
त्यागौ खराब आदत यो पवित्र अात्मा
यही शुभकामना छ दशैं र तिहारको
कोही नछुटुन टीका सबैको निधारमा
मनाउ रमाई बर्ष भरीको चाड
नगरौं झगडा आपसमा तछाडमछाड
- सुमन राेकया चन्दननाथ नगरपालिका, जुम्ला
दुबोखबर । २०८१ असोज २१ गते सोमवार