जयन्ता सुधाकाे एक “गजल”

कसरी सरकारले गरिबी निवारण गर्छ
एक मजदुर अझै घन ठोक्छ आरन गर्छ

तिमिले देखेको सुन्दर दृश्यले भन्दा पनि
टेकेको स्थानले तिम्रो उचाई निर्धारण गर्छ

बलत्कारी सँग हाम्रो रेडियो पनि डराउँछ
सधैँ बलत्कृत हुनेको विवरण प्रसारण गर्छ

मलाई बिर्सने होडबाजी गर्छ रे म पनि हेर्छु
कति दिनमा मनलाई याद बाट तारण गर्छ

जयन्ता सुधा/जाजरकोट



तपाईको प्रतिक्रिया