तातोपानी गाउँपालिका जिल्लााकाे छैटाै साक्षर पालिका घाेषणा

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे छ । साेमबार एक समाराेहका बीच `बहुभाषिक शिक्षाकाे प्रवर्धन,पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता´ भन्ने मुल नारासहित पालिकालाई साक्षर गाउँपालिका घाेषणा गरिएकाे हाे । जिल्लाका आठ पालिकामध्ये साक्षर घाेषणा भएकाे तातोपानी छैटाै स्थानीय तह हाे । जिल्लामा तातोपानी  गाउँपालिका सहित सात वटा स्थानीय तह छन् । याेसँगै तातोपानी गाउँपालिका साक्षर घाेषणा हुने जिल्लाकाे छैटाै स्थानीय तह बनेकाे छ । घरधुरी सर्वेक्षण-२०८१ अनुसार ताताेपानी गाउँपालिका ८ वटै वडाका तीन हजार पाँच सय ३० वटा घरधुरी साक्षर रहेका छन् ।  जसमा १५ वर्षदेखि ६० वर्षमुनिका नागरिकमा गरिएकाे सर्वेक्षणनुसार कूल ११ हजार ३ सय ३६ जना नागरिक साक्षर रहेका छन् । भने तथ्यांकनुसार ताताेपानीमा अझै ५ सय ९ जना नागरिक निरक्षर रहेका छन् ।

सर्वेक्षण  अनुसार  कूल जनसंख्याकाे ९५.७७ प्रतिशत  नागरिक साक्षर रहेकाे सुनिश्चित भएपछि ताताेपानी गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए । उनका अनुसार निरक्षर नागरिकलाई साक्षर बनाउन पालिकाले विशेष प्रथामिकताका कार्यक्रम संचालन गर्ने छ ।साक्षर पालिका घाेषणा अघि घरधुरी सर्वेक्षणका लागि पालिकाले २२ जना शिक्षक तथा गणक खटाएकाे थियाे ।

राष्टि्य जनगणना २०७८ काे तथ्यांकनुसार ताताेपानीकाे कूल जनसंख्या १५ हजार ५ सय ७५ रहेकाे छ । जसमा महिला ७ हजार ८ सय ७६ र पुरुष ७ हजार ६ सय ९९ जना रहेका छन् । पालिकाका ८ वटै वडामा गरिएकाे घरधुरी सर्वेक्षण र तथ्यांक रहेकाे छ । तर साक्षर पालिका घाेषणाका लागि पालिकाले गरेकाे १५ वर्षमाथि र ६० वर्षमुनिकालाई गरेकाे सर्वेक्षणनुसार कूल जनसख्याकाे ९५ दशमलब ७७ प्रतिशत अर्थात ११ हजार ३ सय ३६ जना नागरिक साक्षर रहेका छन् ।

जसमा महिला ५ हजार ३०४ जना र पुरुष ६ हजार ३२ जना साक्षर भएका हुन् ।  भने ५०९ जना अर्थात कूल जनसख्याकाे ४.३ प्रतिशत नागरिक मात्रै निरिक्षर रहेका छन् । ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले साक्षर गाउँपालिका घाेषणाकाे प्रतिवद्दता पत्र सार्वजानिक गरे । सबै प्रक्रिया पूरा गरि जिल्लाकाे छैटाै पालिकाका रुपमा ताताेपानी साक्षर पालिका घाेषणा भएकाे अध्यक्ष चाैलागाँईकाे भनाई छ ।

ताेकिएका मापदण्ड सूचक पूरा भएकाे सुनिश्चित भएपछि साक्षर पालिका घाेषणा गरेका हाै । उनले भने,’साक्षर पालिका घाेषणा सम्म विभिन्न तवरबाट सहयाेग गर्ने सबै धन्यबादका पात्र छन् । शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएकाे ताताेपानीका लागि निकै एतिहासिक काम भएकाे छ ।



तपाईको प्रतिक्रिया