पहिराेले कर्णाली राजमार्ग अबरुद्द

जुम्ला । कर्णाली राजमार्ग अबरुद्द भएकाे छ । गएराती भएकाे अविरल वर्षापछि आएकाे पहिराेका कारण राजमार्ग अबरुद्द भएकाे हाे ।

गएरातीकाे अविरल वर्षापछि राजमार्गकाे अन्तर्गत एसमाेड र गगनेखाेलामा पहिराे आएका कारण राजमार्ग अबरुद्द भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेले जानकारी दिएकाे छ । विहानैदेखी राजमार्ग अबरुद्द भएपछि सवारी जाम बढ्दै गएकाे छ ।

यद्पी अबरुद्द खुलाउन पहिराे पन्छाउने कार्य जारी रहेकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ । कर्णाली राजमार्गमा निरन्तर आईरहेकाे पहिराेले सास्ती भएकाे छ । विशेषगरी एसमाेडमा धेरै पहिराे आईरहेकाे छ ।

वर्षासंगै पहिराे आउने क्रम जारी रहेकाेले सडककाे अबस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले अनुराेध गर्दै आएकाे छ ।



तपाईको प्रतिक्रिया