पाल्पाका शंकर ढकालकाे कविता – पैसा

आमाकाे ऋण दु:खभार अहिले वात्सल्यलाई अनि
बाबाकाे मिहिनेत रक्त पसिना विश्वासलाई पनि ।
प्रेमीकाे दिल प्रेमिका दिल अहाे के हाे र माया अब
आफैँ किन्छु म अस्मितासँग अझै हाे आज पैसा सब ।।

के पूजा कुन मन्त्र-तन्त्र अहिले शास्त्रार्थ के काे विधि
के काे भाग्य-विधान कर्म-फल वा के ज्याेति के काे तिथि ।
साथी! पण्डित भक्त ईश्वर स्वयं हुन् आज पैसा सब
केही पुण्य किनूँ म मन्दिर गई धर्मादि सम्झी अब ।।

काे सम्पन्न विपन्न काे तल उँचाे काे दीन काे हाे धनी
काे हाे याेग्य अयाेग्य शिष्य गुरु काे काे मूर्ख विद्वान् भनी ।
लेख्छाै व्यर्थ विधान आज किन हाे जाऊ विधाता पर
पैसादेखि छ भेदनीति अहिले पैसा बिना के छ र ?

साथीभाइहरू दिदी न बहिनी आफन्त जाे हुन् घर
बाेली तुच्छ दिएर दाग नमिठाे ऊ भन्छ जाऊ पर ।
नर्क-स्वर्ग सजन्मभूमि जननी संसार बित्था सब
पैसा नै स्मरणीय मित्र सपना आशा सबै हाे अब ।।

केही भिन्न हुँदैन भाग्य-फलमा हाेस् वृद्ध हाेस् वा ठिटाे
पैसा भूत भविष्य लेख्छ शिरमा हाे आज सक्दाे छिटाे ।
विद्याज्ञान सबै परिश्रमहरू हुन्छन् स्वत: नै पर
हाम्राे जीवन नै प्रपञ्च अहिले पैसा बिना के छ र ।।

शंकर ढकाल
तानसेन ७ काजिपाैवा,पाल्पा
हाल:- पाल्पा ।



तपाईको प्रतिक्रिया