कनकासुन्दरी गाउँपालिका वडा स्तरबाटै सामाजिक सरक्षा भत्ता वितरण गर्दै

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले प्रत्यक वडा स्तर बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। गाउँपालिकामा रहेका कतिपय वडाहरु भौगोलिक विकटताका कारणले नागरिकलाई सहज बनाउन वडा स्तर बाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख दिपेन्द्र उपाध्यायले जानकारी दिए । उनका अनुसार कनकासुन्दरी गाउँपालिकामा रहेका वडाहरु पालिका भन्दा धेरै टाढा र विकट ठाउँमा रहेकाले बडाका नागरीकलाई गाउँपालिका सम्म आउने दुःख लाई मध्यनजर गर्दै बड़ा स्तर बाटै परि असोज १० गते देखि २० गते सम्म पालिकाका प्रत्यक वडामा गई सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको बताए। उनका अनुसार, कनकासुन्दरी गाउँपालिकाले पालिका भित्रका बढ़ाका नागरीकको समस्यालाई मध्यनजर गर्दै प्रत्यक आर्थिक वर्षमा वडा बाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको बताए।

प्रमुख उपाध्यायले भने, यहि असोज १० गते विहान ९ बजे देखि दिउसो २ बजे सम्म वडा नम्बर ४ को वडा कार्यालयमा, ११ गते ५ नम्बर वडामा, १३ गते ६ नम्बर बडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने उनले बताए। यस्तै १४ गते ७ नम्बर वडा, १५ गते ८ नम्बर वडामा १६ गते १ नम्बर वडामा १८ गते २ नम्बर वडामा र २० गते ३ नम्बर वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए। उनका अनुसार सामाजिक सुरक्षा भत्ता बुझन आउदा चेक बुक, नागरिकता र भत्ता बुझ्‌ने कार्ड अनिवार्य साचमा ल्याएर आफ्‌नो वडा कार्यालयमा बिहान ठिक १० बजे आउन उनले अपिल गरेका छन् ।



तपाईको प्रतिक्रिया