जुम्ला । जुम्लाकाे गुठिचाैर गाउँपालिका साक्षर पालिका घाेषणा गरिएकाे छ । जिल्लाकै सबै भन्दा अन्तिममा साक्षर घाेषणा हुने पालिका रहेकाे छ । जिल्लाकाे गुठिचाैर गाउँपालिका आठाैँ पाफिकाकाे रूपमा साक्षर घाेषणा गरिएकाे हाे । जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे प्रमुख आतिथ्यमा गुठिचाैर लाई साक्षर घाेषणा गरे । गुठिचाैर गाउँपालिकाका ९५.७३ प्रतिशत नागरिक साक्षर भएका छन् । दुई महिना देखि पालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका सबै गाउँ गाउँमा पुगेर गरिएकाे घरधुरी सर्वेक्षण,साक्षर कक्षा संचालन लगायतका कार्यक्रम पछि ९५.७३ प्रतिशत नागरिक साक्षर रहेकाे सुनिश्चितता भएपछि पालिकालाई साक्षर घाेषणा गरिएकाे गुठिचाैर गाउँपालिका शिक्षा शाखा प्रमुख सिंहमान रावतले बताए ।
उनका अनुसार साक्षर घाेषणाका लागि ताेकिएका १२ वटा सूचक मध्य ८० प्रतिशत जति उपलब्धी हासिल भएकाे छ । ताेकिएका १२ वटा सूचक मध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर पालिका घाेषणा गर्न सकिने प्रावधान रहेकाे छ । आफ्नाे नाम लेख्न सक्ने,घडि हेर्नसक्ने,माेबाईल चलाउन सक्ने,क्यालेण्डर हेर्न सक्ने,ट्राफिक नियम पालना गर्न सक्नेर एकदेखि १० सम्म गन्न सक्ने लगायतका १२ वटा सूचकमध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घाेषणा गर्न मिल्ने प्रावधान छ । गुठिचाैर गाउँपालिकाकाे कूल जनसंख्या १० हजार ९ सय ४४ रहेकाे छ । जसमध्ये १५ देखी ६० वर्ष उमेर समूहका ६ हजार ७ सय ९३ मा ६ हजार ५ सय ३ जना साक्षरता कार्यक्रमबाट साक्षर भएकाे उनले बताए ।
यस्तै गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले नेपाल सरकारले २०६५ देखि २०६९ सम्म पटक पटक देशै भरी १५ बर्षभन्दा माथि र ६० बर्षभन्दा मूनीका निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्यले राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरेको अभियानमा रहि गाउँपालिकालाई साक्षर घाेषणा गरिएको बताए । उनका अनुसार २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। २०७१ असार देखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएको थियो तर पनि हालसम्म ६४ जिल्लामात्र साक्षरता घोषणा भएका र बाँकी १३ जिल्ला साक्षरता घोषणा हुन बाँकी नै रहेको परिपेक्ष्मा २०३० सम्मको दिगो विकासको लक्ष्य अनुसार जुम्ला जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्ने उद्देश्यले हिमा गाउँपालिका, सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिका साक्षरता पालिका घोषणा भइसकेका छन् भने गुठिचौर गाउँपालिका भित्रका वडाको तथ्याङ्क अनुसार १५ देखि ६० बर्ष उमेरका जम्मा पालिका भित्रका १ हजार ७ सय को हाराहारीमा रहेका निरक्षरलाई गत आर्थिक बर्षको वैशाख देखि असारसम्म ६ जना सहजकर्ताबाट साक्षरता कक्षा सञ्चालन गरी साक्षर गरिएको थियो।
यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यका अनुसार जिल्लामा रहेका स्थानीय तहले थालेकाे याे अभियान निकै सराहनीय रहेकाे बताए । उनका अनुसार याे घाेषणा कार्यक्रम कार्यक्रममा मात्र सिमित नबनाएर व्याहारमा लागू गर्न सुझाव दिए । कतिपय कार्यक्रममा सहभागीले साक्षर घाेषणा कार्यक्रम सिमित मात्र हुने हाेकी भनी चिन्ता व्यक्त गरेका छन् ।
काली बहादुर परियार । २०८१ मङ्सिर ६ गते बिहिवार