तिब्बतको व्यापारमेलामा जादै गरेका गणेश लामा बेपत्ता भएका छन । गत साउन १८ गते तिब्बतको व्यापार मेलामा जादै गरेको गुठिचौर गाउँपालिका वडा नम्बर १ निवासी अन्जादी ३८वर्षका गणेश लामा बेपत्ता भएका हुन ।
त्यस्तै गुठिचौर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अर्जुन कुमार महताराका अनुसार तिब्बतमा १२ बर्ष पछि लाग्ने ब्यापार मेलामा होटल ब्यवसाय गर्न गएका गणेश लामा २४ दिन देखी बेपत्ता भएको बताए ।उनका अनुसार उनी संगै गएका सिंह बहादुर महताराले ठुलो कालो मान्छेले गणेशलाई समातेको बताएका थिए। उनी कहा छन कुन अवस्थामा छन थाहा छैन ।उनको अवस्थाका बिषयमा राज्य ले नै खासै चासो नदिएको दुखेसो गरे ।
वडाध्यक्ष महताराले जिल्ला सदरमुकाम जुम्लामा पत्रकार भेटघाट गर्दै आफ्नो वडाको नागरिक हराएको धेरै दिन भईसकेकाले प्रथामिकताका साथ खोजी कार्य गरिदिन सरोकारवाला निकायलाई आग्रह गरेका छन ।
वडाध्यक्ष महताराका अनुसार सो तिब्बतको व्यापार मेलामा जादै गर्दा २ जना सँगै गएका र अगाडि हिडरहेका गणेश लामालाई बनमान्छे (हिम मान्छे)ले समातेर च्यापेको र आफु भागेर ३ घण्टा समय पछि तिब्बतको एक भेडिगोठमा पुगेर बच्न सफल भएको खबर गरेका थिए । तर उनी संगै गएका सिंह बहादुर महतारालाई प्रहरीले सामान्य सोधबुझ गरी छोडि सकेको छ । वेपत्ता भएका गणेश लामाको बिषयामा नेपाल सरकारले कुनै वास्ता गरेको छैन ।
त्यस्तै डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाले संम्बन्धी नियकायहरुमा जानकारी गरेको बताए । उनले आफुलाई साउन २१ गते खवर आएको बताए। उनका अनुसार सिंह बहादुर रोकाया पहिले जुम्लाका नागरिक र अहिले यही डोल्पाका नागरिक हुन । उनले भने,उनी संगै आएका जुम्लाका गणेश हराएको बिषयमा परराष्टमन्त्रालयमा पनी जानकारी दिइसेकेको छ ।
सिहँ लाई प्रहरीले निवेदनको आधारमा सोधपुच गरी तारेकमा छोडिएको छ । गणेशका आफन्तले जाहेरी दिएका छैनन, खोजतलासको लागी निवेदन दिइएका छन । उनले हामी नियमित रुपमा लागी परेका छौँ । उनका अनुसार डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउापालिकाका जनप्रतिनिधिहरु पनि चीनतिरै छन् । उनीहरु मार्फत चिनियाँ पक्षलाई लामाको खोजीको लागि आग्रह गरिएको छ ।
धोवाडसेन जिल्लाको सदरमुकाममा एक जना नागरिकको उपचार भईरहेको छ भन्ने अपुष्ट खवर सुन्ने गरेको वडाध्यक्ष महताराले बताए ।आफन्तको सम्पर्कमा पुगेका महताराले बन मान्छे जस्तो देखिने व्यक्तिले गणेशलाई तानेर लगेको बताएका छन् । त्यहाँ देखि लामा हराइरहेका छन् ।आफू भेडाबाख्रा गोठमा पुगेर गोठालासँग समन्वय गरी चिनियाँ प्रहरी बोलाएर आफन्त कहाँ आइपुगेको भन्दै उनले लामाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।
मरिम्ला नाकापारि तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने गर्दछ । त्यो मेलामा होटल ब्यवसाय गर्ने भन्दै उनीहरु पास नलिइ अबैध बाटो हुदै जान थालेको बुझिएको छ ।
त्यस्तै गणेश लामाको खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय डोल्पामा आफन्तले निवेदन दिएका छन् । लामाका आफन्तहरुले चीनमा खोजीको लागि डोल्पा प्रशासनले पास दिन नमानेको भन्दै आक्रोश पोखेका छन् । हराएको २४ दिन पुग्दा सम्म सरकार मुखदर्शक बनिरहेको भन्दै उनीहरुले किम सास कि लास पत्ता लगाइदिन अपिल पत्रकार मार्फत गरेका छन् ।
काली बहादुर परियार । २०८१ भाद्र ११ गते मङ्गलवार