आज अबुझ झै बोल्छु… अचेत झै लेख्छु.. मलाई माफ गरिदिनु है म साच्चै आज मन भित्र का सबै ब्यथा पोख्छु !!!
एक निद्रा लामो सुत्न मन लागेको छ। रहर त होइन तर शहन अब हिम्मतनै छैन त्यसैले कसैले बोलाउदा पनि न उठ्न मन लागेको छ। केही आशा अभिलाषा छैनन् बस् सेतो कफन ले मेरो लाचार अस्तित्व लाई बेरिदिउ, पूरा हुन नसकेका सपना को आहुती दिउ.. परिवार ले राखेका आशा अनि रहर थिए होला ती सबैलाई समेटेर एउटा चिता बनाउ अनि सक्किउ खरानी बनेर यस्तो लागेको छ।।। कत्ती सोच्नु अरुको रहर.. खुसी… भावना को बारेमा.. कति बुझ्नु अरुकै मात्र समस्या को बारेमा.कोहि रुदा मैले पो आँसु झार्छु के थाहा अरुलाई मैले आँसु झार्दा मेरा आफन्त हासेका छन भनेर… जुन बेला साथ अनि माया चाहिन्छ हो त्यही बेला मा झन पीडा थपिदिन्छन.. जुन बेला म सुनाउन खोज्छु ब्यथा.. मेरा कमजोरी लाई समातेर तमासा बनाईदिन्छन.. म नसक्ने भए.. बाहिर खुसि भित्र जिउदो लास.. म दुईटा मान्छे भएर हिड्न नसक्ने भए ।।।
यत्ती चाहना छ अब… म मरेको खबर सुन्दा आखाबाट आँसु झार्ने कोहि नहोस् … मेरो चिता मा आगो लगाउन मेरो आफन्त आर्यघाट मा मलामी नबनोस..।।। म आफ्नाबाट हराएर दुनियाँ छोड्न चाहन्छु.. मलाई खोज्न मेरा सुभचिन्तक बनी कोहि न आउन.. म अपरिचित भएर लास बन्न चाहन्छु ।।।
मेरो शरिरबाट मेरो स्वास अलग्गिदै गर्दा मलाई अलिकती पनि भय नहोस्.. मैले अन्तिम पल्ट आँखा चिम्लदै गर्दा मेरा आखाहरुमा आत्मग्लानी को अलिकती पनि आँसु नहोस् … जिउदो छदा चिच्याउदै रुने यो ओठहरु अलिकति पनि नखुलोस.. शहन नसकेर भित्तामा ठोक्काउने यी टाउको अनि हात हरु अलिकती पनि नसलबलाउन .. न भक्कानियोस मन.. न आओस आफ्न्तको माया मेरो चितालाई भत्काउन.. म चाहन्छु कुनै फुल नचढोस मेरो समाधी माथी.. उहीं तितो याद.. थाकेको शरीर.. चिन्तित मनस्थिति अनि साथ मा सबै अस्तित्व.. म सङ मै जाउ.. मै हराउ… रहर
साबाहार : पुजा
दुबोखबर । २०८१ असोज ५ गते शनिवार