हिमा ६ पातरखाेलामा आगलागी हुदा भण्डारण गरिएका सामाग्री जलेर नष्ट

जुम्लाकाे हिमा गाउँपालिकाकाे पातरखोलामा सोलारको तार सर्ट भएर एक घरमा आगलागी हुदा ठुलाे धनराशिकाे क्षेती भएको छ । करिव दिउसाे २ बजेर ३० मिनेट ती घरमा अचानक आगलागी हुदा ठुलाे धनराशी क्षेती भएको हाे ।  आगलागीका कारण घरमा भएको चालीस हजार नगद, लत्ताकपडा, अन्न, र भण्डारण गरिएको सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ।साथै, आगोमा २ तोला सुनसमेत जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक डेनी थापाले बताए। उनका अनुसार आगलागीले पीडित परिवारलाई ठूलो आर्थिक नोक्सानी भएको छ।
“घटना आज दिउँसो करिब २:३० बजे भएको हो,” उनले भने, “उक्त गृहिणी तारा शाही घटनापछि बेहोस अवस्थामा फेला परेकी छिन्।”उनलाई तत्काल स्वास्थ्य परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।
हालसम्म उनको स्वास्थ्य अवस्था र अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनापछि स्थानीय तहले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन पहल गरिरहेको छ।



तपाईको प्रतिक्रिया