कनकासुन्दरीमा करेन्ट लागेर ८४ वर्षिय वृद्धकाे मृत्युु

जुम्ला : जिल्लाकाे कनकासुन्दरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।कनकासुन्दरी गाउँपालिका–२स्थित मालिकाबोताको पुनलेखमा करेन्ट लागेर एक जनाकाे मृत्युु भएकाे हाे ।

मृत्यु हुनेमा साेही वडाका ८४ वर्षीय गोरे रावत रहेकाे जिल्ला प्रहरी कायर्यालय जुम्लाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दका अनुसार राष्ट्रिय विद्युत प्राधिकरणको लाइनले करेन्ट लागेर उनकाे मृत्यु भएकाे हाे ।

घर भन्दा बाहिर विद्युतको तार जथाभावी तरिकाले पोलमा जडान गर्दा उक्त घटना घटेको देखिन्छ  शनिबार विहान ५ बजेतिर पिसाब गर्न आएको बेला करेन्ट लागेर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको कनकासुन्दरी गाउँपालिकामा रहेको प्रहरी चौकी काब्राले जनाएको छ ।



तपाईको प्रतिक्रिया