अवरुद्ध कर्णाली राजमार्ग छिटो खुलाउन र बजेटको ब्यावस्थापन गर्न जुम्लाका सरोकारवाला निकायाले चौतर्फि दबाव दिदै जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझएका छन् । अवरुद्ध सडक छिटो खुलाउन र बजेटको ब्यावस्थापन गर्न हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले शनिबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिर मार्फत नेपाल सरकार प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् । अबरुद्ध कर्णाली राजमार्ग लाई स्तरबृद्धि गर्न बजेटको ब्यावस्थापन गर्न जिल्लाका सरेकारवाला निकायाले ज्ञापनपत्र बुझाएका हुन् ।
अवरुद्ध भएको सडक ३÷४ दिनसम्म नखुलेपछि जिल्लाका सरोकारवाला निकायाले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा पत्र बुझाएका छन् । हिमा गाउँपालिकाका वडाध्यक्ष लक्ष्मण बहादुर शाही, नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुुर शाही, नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महत लगाएतका जिल्लाका सरोकारवाला निकायाका उपस्थितमा ज्ञापनपत्र बुझाएका हुन् ।
हिमागाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले कर्णाली राजमार्गको गगने खोला र दैखोलामा बाढीपहिरो जादा सडक अवरुद्ध हुदा स्याउ बोकेका सयौँ गाडी अलपत्र अवस्थामा परेका छन् । स्याउ किसान र व्यापारी मारमा पर्ने अवस्था आएकाले अबरुद्ध सडक छिटो बनाउन र बजेटको ब्यावस्थापन गर्नको लागि जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बताए ।
उनका अनुसार यो वर्षको साउन भदौँको बर्षादको बाढीपहिरोले पटक पटक सडक अवरुद्ध हुदा निकै समस्या हुने गरेको छ । यस पटक भदौँ १२ गते रातीदेखिको सडक अवरुद्धले स्याउ बोकेरका मालबहाक गाडी बाटोमै थन्किएकाले जुम्ला लगाएतका नागकिलाई सास्ती भएको बताए । यस्तै सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतन कुमार मण्डलका अनुसार अझै सडक खुलाउन समय लाग्ने बताए । उनले भने, भोली नै सडक खुल्ने स्थिति छैन । विशेषगरी कर्णाली राजमार्गको गगने खोला र दैखोलामा ठुलो क्षति भएको छ । पहिरो पन्छाउनेदेखि सडक निर्माण गर्न काम ३÷४ दिनदेखि निरन्तर काम भईरहेको बताएका छन् ।
काली बहादुर परियार । २०८१ भाद्र १५ गते शनिवार