पहिलाे पटक जुम्लामा ईन्टर मेडिकल कलेज खेलकूद’ प्रतियाेगिता हुदैँ,पाँच कलेज सहभागी हुने

जुम्ला । जुम्लामा पहिलाे पटक ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगिता हुने भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकाे आयाेजनामा आगामी भदाै १६ गते देखि २१ गते सम्म ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगिता हुने भएकाे हाे ।

प्रतिष्ठानकाे खेलकूद समितिद्दारा शुक्रबार आयाेजित पत्रकार सम्मेलन मार्फत प्रतिष्ठान स्थापनाकाे एतिहासमै पहिलाे पटक ईन्टर कलेज खेलकूद प्रतियाेगिताकाे आयाेजना गर्न लागिएकाे जानकारी दिईएकाे छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,यहाँकाे कृषि,पर्यटन सम्भावनालाई देशमा चिनाउन उदेश्यले खेलकूद प्रतियाेगिता गर्न लागिएकाे प्रतिष्ठानका खेलकूद समितिका संयाेजक डाक्टर विवेक पूनले जानकारी दिए ।

नेपालमा हरेका सम्पूर्ण मेडिकल कलेज तथा कलेजमा अध्यायनरत विद्यार्थीहरु विच सामीप्यता बढाउने साथै यस कार्यक्रमको माध्यामबाट कर्णाली चिनाउने उदेश्य राखिएकाे उनकाे भनाई छ।

प्रतियाेगितामा सहभागी हुन देशभरका २७ वटा मेडिकल कलेजलाई पत्रचार गरिएकाे थियाे । जसमा पाँच वटा मेडिकल कलेजले प्रतियाेगितामा सहभागिता जनाउने भएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा,राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा, मकवानपुर,किस्ट मेडिकल कलेज, ललितपुर र महाराजगंज चिकित्सा स्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौ सहभागी हुने छन् ।

पाँच वटा मेडिकल कलेजका १२० जना विद्यार्थी जुम्ला आउदैँ छन् । सबै विद्यार्थीकाे खाने बस्ने तथा यातायातकाे व्यवस्थापन प्रतिष्ठानलनै गर्ने छ ।

खेलकुद कार्यक्रममा आठ विद्याका खेलहरु समाहित गरिएका छन् । जसमा महिला पुरुष भलिबल, फुटबल, कुङ्केट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन् । जसमा जुम्ला बहुमुखी क्याम्पमा भलिबल,कर्णाली प्राविधिक शिक्षालयमा क्रिकेट,देविदत्त गणकाे प्रांगणमा फूटलब प्रतियाेगिता हुने छ ।

साथै प्रतियाेगितामा प्रथम,द्दित्तिय र तृतिय हुनेलाई क्रमश: नगद एक लाख,७५ हजार र ५० हजार मेडल प्रमाण पत्र प्रदान गरिने छ । यदपी हाल सम्म भईरहेका ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगितामा पुरस्कार दिने प्रावधान छैन् ।

तर धेरै टाढाबाट आएर खेलबाट कर्णाली चिनाउने अभियानलाई सफल बनाउन जुम्ला पुगेका टिम मध्य उत्कष्टलाई प्राेत्साहन स्वरुप नगद सहित पुरस्कार दिने तयारी गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।

कर्णालीमा रहेका प्रचुर पर्यटकिय स्थलहरु मध्य उदाहारण स्वरुप आमन्त्रित विद्याचीहरुलाई मुगु जिल्लामा अवस्थित रारा ताल अवलोकन गराउने व्यवस्था समेत गरिएको छ जसले गदां भविष्यमा कर्णालीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतियाेगिता संचालनका लागि अनुमानित २० लाख खर्च लाग्ने छ । प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले कर्णाली प्रतिष्ठानमा पहिलाे पटक ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगिता गर्न पाउँदा खुसी भएकाे बताए ।



तपाईको प्रतिक्रिया