नेतृत्व  माथिकाे हमला, पार्टी माथिकाे हमला  हाे

नेतृत्व  माथिकाे हमला, पार्टी माथिकाे हमला  हाे
धिरेन्द्र राज गिरी
नेकपा एमाले पुर्ब कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य

यतिबेला हामी आम नेपाली जनतामा बढ्दै गएको नैरश्यतालाई  शासन ब्यबस्था माथि फैलाइएका भ्रमहरुलाई , सामाजिक संजालको चरम दुरुपयोग गर्दै हाम्रो पार्टी र नेतृत्व माथी नियमित रुपमा भैरहेको भ्रामक प्रहारहरुका विरुद्ध सिङ्गो पार्टीले त्यसका विरुद्ध खण्डन गर्नु , र आम नेता कार्यकर्ताहरुले त्यसकाे चिरफार गरेर जनतासम्म पुर्याउनु अहिलेकाे प्रमुख  आबश्यक्ता छ ।

खास गरी आज पार्टी अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि र केही नेता कमरेडहरु माथिको मात्रै प्रहार हो भन्ने तरिकाले बुझ्यौ भने त्यो आम रुपमा गलत हुनेछ । पार्टी नेतृत्व र केही नेता माथि बेला बखतको प्रहार सिङ्गो नेकपा एमाले माथिको प्रहार हो भन्ने तरिकाले बुझ्न जरुरी छ । नेपाली राजनीतिमा मुख्यत कम्युनिस्ट र नबउदारबादको  बिचको लडाइ जारी छ । कम्युनिस्टको नेतृत्व नेकपा एमालेले गरेको छ भने नवउदारबाद तथा पुजीवादीहरुकाे नेतृत्व नेपाली काङ्ग्रेसले गरेको छ ।

त्यसैले पनि कम्युनिस्ट बिरोधी शक्ति चाहे देश भित्र होस या देश बाहिरबाट होस एमाले माथी प्रहार भैरहेकाे छ । यो आजको मात्रै समस्या होइन पार्टी स्थापना काल देखि नै बेला बखत एमाले माथी घेराबन्दी गर्ने , नेताहरुलाई अनावश्यकका लाल्छाना लगाउने , बदनाम गर्न खोज्ने , कहिले एमालेको बिचार माथी त कहिले नेतृत्व माथी समेत अफबाह फैलाउने गतिविधिहरु नियमित रुपमा भैरहेका छन । त्यसैले एमाले पंक्ति यस कुरामा चनाखो सजक हुन जरुरी छ र त्यसलाई चिरफार गरेर जनताका बिचमा फैलाईएका भ्रमहरु चिर्नु आजको आबश्यकता छ । आज नेपाल सरकारको नेतृत्व एमालेले गरेको पार्टी अध्यक्ष केपि शर्मा ओलिको नेतृत्वमा देश चलेको छ ।

एमाले जहिले जहिले सत्तामा आउन्छ र नेतृत्व गर्छ त्यतिबेला केहि नयाँ कामहरू गर्छ , केही आशावादी कामहरु गर्छ , केही बिकासका मोडलहरु देखाउन्छ , केही देशको स्पष्ट रणनीति र कार्यनीति मार्फत देशको सामरिक हित लाई कायम राख्दै देशको बिकासमा नयाँ नयाँ पन देखाउन्छ । आम जनमानसमा सोच्ने , देख्ने ,हेर्ने र अनुमान गर्ने कुरामा समेत नयाँ पन दिन्छ । हाम्रा सामु हाम्रो नेतृत्वले गरेका थुप्रै कामहरू छन जस्तो हाम्रो पहिलो सरकार मनमोहन अधिकरी नेतृत्वको सरकार जस्ले बिकासमा जनतालाई कसरी जोड्ने , त्यही बिकास सङ्गै जनताको जिबनस्थर कसरी अगाडी बढाउने , समाजबादी ब्यबस्थाको नमुना काम गरेर देखाएको थियो त्यो सरकाले निरन्तरता पाएको भए नेपाल आज बिकासमा धेरै माथी उठिसक्ने थियो ।

हो त्यही बेला देखि बर्तमान सरकार सम्म एमाले माथी र नेतृत्व माथी हमला जारी छ । केपि ओलिको सकृय भुमिका र चट्टानी अडान बाट बिदेशिले रोक्न खोज्दाखोज्दै जारी भएको हो यो संविधान । त्यसबेला देखि हाम्रो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि माथी पनि घेराबन्दी शुरु भयो , राजबिराजमा ओलि सवार गाडिमा बम हान्नु , संविधान जारी गर्दा संसद भबन भित्र हातपात गर्न खोज्नु , ओलि नेतृत्वमा पहिलो पटक सरकार बन्दा बनेकै दिन देखि सिमामा छिमेकीले नाकाबन्दी गर्नु , देशभित्र अन्य समुहहरुले हडताल नारा जुलुस गर्नु यो एउटा निरन्तरता आजका दिन सम्म जारी नै छ ।

तथापी अहिले पनि नेपाली जनता एमालेलाई माया गरिरहेका छन ।जसकाे उदाहरणहाे एमालेलाई माटामै मिलाउने भनेर सरकारमा रहेका सम्पूर्ण दलहरुले प्रतिपक्षका बिरुद्धमा चुनावी गठबन्धन गरे तर पनि नेपाली जन्ता र एमालेलाई नै भाेट दिई समानुपातिकमा पहिलाे दल वनाए। केपि ओलिको चट्टानि अडानले संविधान मात्रै ल्याएन बिकास मोडलमा नयाँ रुप दियो , नेपाली जनताले नदेखेको सुरुङ मार्ग देखायो , रेल देखायो , पेट्रोलियम पाइप लाइन देखायो , तुइनको ठाउमा पुल देखायो , अँध्यारो लाई उज्यालो नेपाल लोडसेडिङ मुक्त देश देखायो ।

शिक्षा स्वास्थ्य ,सडक भौतिक पुर्वाधार लगायतका बिकास निर्माणका दृश्य देखायो त्यो पनि घर आगन र जनताको दैलोमा । त्यति मात्रै होइन देशको राष्ट्रियता भौगोलिक अखण्डता र सार्बभौमसत्ता केहो ?  देशको सिमा सुरक्षा केहो ? देश भक्तिपुर्ण केहो ? भन्ने कुरा लिपुलेख लिम्पियाधुरा हेरे पुग्छ , कालापानीमा लङमार्च हेरे पुग्छ दशगजामा पुगेर हेरे पुग्छ ? भुकम्पले थिपथिलो पारेको नेपाललाई ठडाएको हेरे पुग्छ , चाहे ती जनताका भत्किएका घरहरु हुन , चाहे ती सार्वजनिक सडक लगायतका पुर्बाधारहरु हुन । या धरहरा , हनुमानढोका , रानीमहल सिंहदरबार लगायतका हाम्रा सम्पदाहरुको पुर्न निर्माण नै किन नहोस ।

एकै दिनमा सयौको संख्यामा स्वास्थ्य चौकी सिलान्यास,हजारौं गाउँ बस्ती जोड्ने सडक सन्जाल , त्यस्तै ठुलठुला गौरबका आयोजनाहरुको दुर्त गतिमा बिकास नै किन नहोस । यसरी स्वपन द्रष्टाको रुपमा जनताको सामु एमाले उभिए पछि देशी बिदेशी अस्थिरताबादी , प्रतिक्रियावादी , यथास्थितिबादी उग्रवामपन्थी र दक्षिणपन्थीका मुटु नहल्लिने कुरै भएन त्यसैले यिनिहरुको बिरोध स्वभाबिक हो किनकी यति नगरे यिनिहरुको अस्तित्व नामेट हुनेवाला छ ।

प्रतिपक्षी दलहरु सरकारको विरुद्वमा उभिनु त स्वभाविक हो तर, सत्तारुढ दलभित्रका नेताहरुले पनि सरकारको कामको आलोचना गर्ने गर्दा पनि समस्या देखिएको छ । सँगै छिमेकी राष्ट्रले पनि सरकारका कमजोरीलाई मात्रै आफ्नो अनुकुलमा प्रचार गर्ने गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ऐतिहासिक रुपमै दुरगामी महत्वका कामहरु गरिरहेको सन्दर्भमा चर्चा गर्नु न्यायसंगत हुनेछ ।  अस्थिर सरकारका परिपाटीले गर्दा व्यवस्थामा केहि अपेक्षाहरु पुरा नभएपनि सरकारले गरेका राम्रो कामको भने चर्चा गर्नु अनिवार्य हुन्छ । त्यो काममा आम पार्टी पंक्ति लाग्नुपर्छ ।

ग्रामीण वर्ग सङ्घर्षको गर्भबाट राजनीतिकमा लाग्नु भएका अध्यक्ष कमरेड  ओली निरङ्कुश व्यवस्था विरुद्धको कठिन सङ्घर्षबाट खारिँदै बहुदलीय व्यवस्था प्राप्तिपछि २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उहाँले सफल गृहमन्त्रीको मानक स्थापित अध्यक्ष ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता हुनुहुन्छ । ‘‘हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौँ ।

देशका विभिन्न शक्ति जो सही ढङ्गले लोकतन्त्र, राष्ट्रियता, सुशासन, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन् । जो समृद्धि, सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव वृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन् ।  यस्तो नेता माथी अहिले चौतर्फी घेराबन्दी र आक्रमण भै रहेको छ । जस्ले आफ्नो मृत्यु पश्चात्  सम्पुर्ण आफ्नो चल अचल सम्पती राष्ट्रको नाममा घाेषणा गरेको छ । जस्लाई कुनै अकुत सम्पती कसैका लागि आर्जन गर्नु पनि छैन त्यसलाई अकुत सम्पती आर्जन गरेको भ्रमहरु फैलाएर जनमानसमा नकारात्मकता फैलाउदैछ ।  जसले स्वतन्त्रता न्याय र समानताको लागि आफ्नो जीवन बलिदान गर्यो त्यसलाई निरङ्कुश भएको आरोप लगाउन्छौ ।

जस्ले सपना देख्न सिकायो , जस्ले बिकाश केहो देखायो ,जस्ले न्याय स्वतन्त्रताके हो देखायो आज उसै माथिको प्रहार किमार्थ सत्य होइन हुन सक्दैन । किनकी आज जति पनि आरोपहरु लगाइएका छन ती सबै कपोल्कल्पित योजनाबद्द तरिकाले गरेका भ्रमहरु हुन यस्तो ब्यक्ति नसिद्धयी आफ्नो राजकाज नहुने , आफ्नो भबिश्य नदेख्ने मनोवृत्तिका कारणले ओलि माथिको चौतर्फी आक्रमण हो ।

यो आक्रमण कमरेड अध्यक्ष  ओलि माथिको मात्रै आक्रमण होइन एमाले माथिको आक्रमण हो । एमालेका नेताहरु माथी लगाईएको आरोपहरु पनि स्वयम् नेताहरुले पनि खण्डन गर्नुपर्छ र आम नेकपा (एमाले) पार्टी कार्यकर्ता र  पार्टीले समेत चिरफार गर्दै आम जनतामा पार्टी स्थापित गर्न लाग्नुपर्छ र मिसन ८४मा नेकपा (एमाले) लाई सबै ठाउँमा बहुमत हासिल गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माण गरेर अध्यक्ष कमरेडका सपना पूरा गराै ।



तपाईको प्रतिक्रिया