बालविवाह मुक्त वडा बनाउने हिमा १ अध्यक्ष शाही सम्मानित

जुम्लाको हिमा गाउँपालिका वडा नं. १ का अध्यक्ष रतन बहादुर शाही लाई प्लान इन्टरनेशनल नेपालले सम्मान गरेकाे छ। आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल सँगकाे सहकार्यमा सिंजा क्षेत्रमा पहिलाे बालविवाह मुक्त वडा घाेषणा गरेकाेमा वडा अध्यक्ष शाहीलाई प्लान इन्टरनेशनल नेपालले सम्मान गरेकाे हाे। वडालाई बालविवाह मुक्त गरेपछि आज ललितपुरमा आयाेजित कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल ले वडा अध्यक्षलाई प्रशंसा-पत्र प्रदान गरी सम्मानित गरेको छ।

बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकारको प्रवर्द्धन गर्दै बालविवाह अन्त्य गर्न हिमा गाउँपालिकाले प्रभावकारी काम गर्दै आएको छ। प्लान इन्टरनेशनलको सहकार्यमा सञ्चालित “बालविवाह, घिटो विवाह र जबर्जस्ती विवाह रोकथाम परियोजना” अन्तर्गत स्थानीय सरकार, समुदाय र संघ-संस्थाले मिलेर बालविवाह रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

हिमा गाउँपालिका–१ ले बालविवाह अन्त्यमा देखाएको दृढता र सक्रियतालाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हाे। स्थानीय सरकार र वडाबासीहरूको सहकार्यबाट बालविवाह रोक्न व्यापक सचेतना कार्यक्रम, किशोर-किशोरीको अधिकारमा आधारित अभियान र परिवारहरूको आर्थिक सशक्तिकरणजस्ता महत्वपूर्ण प्रयास गरिएको थियो।

यो अवसरलाई थप उर्जाशील रूपमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि बालविवाह विरुद्धका कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष शाहीले बताए। यस सम्मानले बालविवाह रोकथाम अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया