जुम्ला – जुम्ला जिल्लाकाे एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०८०÷८१ मा नगरपालिकाले एक करोड राजश्व संकलन लक्ष्य राखेपनि एक करोड ३६ लाख ७० हजार ५०३ रुपियाँ ८१ पैसा राजश्व संकलन गरेको हो ।
नगरपालिकाले राजश्व संकलन गर्ने धेरै क्षेत्र रहेका छन् । बार्षिक रुपमा करिव ११ करोड राजश्व संकलन गर्न सकिने सम्भावना रहेको राजश्व उप शाखा प्रमुख कमल भण्डारीले बताए । उनले भने सरसफाई कर पनि राम्रो उठाउन सकिएको छैन ।
यस्तै घरबहाल कर, पसल कर जस्ता धेरै क्षेत्रका राजश्व संकलन हुन नसकेको उनले बताए । उनले भने धेरैजसो साना किनारा पसलले व्यवसाय प्यान दर्ता नगरै सञ्चालन गरेका छन् । उनीहरुबाट कर नै संकलन हुने गरेको छैन
जग्गा नामसारी बापत नगरपालिकामा आर्थिक वर्ष ०८०÷८१ मा एक करोड ७५ लाख रजिष्टेसन राजश्व संकलन भएको छ । गत वर्ष यही राजश्व एक करोड ५४ लाख रुपियाँ संकलन भएको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ ।
काली बहादुर परियार । २०८१ भाद्र ८ गते शनिवार