मुक्तक १
अनायासै मन भित्र हावाहुरी चलेको छ
यसरी साँझ बिहान मजदुरी चलेको छ
यहाँ अरुको झन विश्वास गर्नु कसरी
आफ्नैबाट पिठ्युँमा छुरी चलेको छ
मुक्तक २
अनेक थरीका मन भित्र रहर आउँछ
अकालमै जान्छ् की ज्यान डर आउँछ
दिन हुुँ दिन उड्ने देखि गुड्ने सवारी
मेरै देशमा दुर्घटनाका खबर आउँछ
हिमा मगर रूकुम पश्चिम
दुबोखबर । २०८१ भाद्र १७ गते सोमवार