जुम्ला : आज विश्व शाैचालय दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवशका अवसरमा हिमा गाउँपालिकामा रहेकाे हिमा आधारभुत बिद्यालय काईरेलीले विभिन्न कार्यक्रम गरि विश्व शाैचालय दिवस मनाएको हाे । हिमा गाउँपालिका जुम्ला र सुस्वा परियाेजनाद्वारा आयाेजित कार्यक्रममा हिमा आधारभुत बिद्यालयका बिद्यार्थीले हात हातमा प्लेकाट बाेकी नारा लगाउदै र जनचेतनामूलक कार्यक्रम गरि विश्व शाैचालय दिवश मनाइएको हिमा आधारभुत बिद्यालय काईरेलीका प्रधानाध्यापक महेश रावले बताए ।
उनका अनुसार मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय, घरघरमा चर्पि, सफा राखौँ धती भन्ने सन्देशका साथ दिवस मनाइएको बताए । विद्यालयका प्रधानाध्यापक रावलकाे अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरिएको थियाे । कार्यक्रममा विद्यार्थीहरु समेत सहभागि थिए ।सोहि अबसरमा साबुन पानीले हात धुन तरिका र शाैचालय सफा राख्ने समेत सिकाईएको थियो ।
काली बहादुर परियार । २०८१ मङ्सिर ४ गते मङ्गलवार