जुम्ला । जुम्लाको तिला गाउँपालिक वडा नम्बर ६ घाेडे गाउँमा विद्युत सेवा सुरू भएको छ। तिला गाउँपालिकाकाे पाेख्रीमा रहेकाे साैर्य उर्जाकाे लाईन घाेडे गाउँमा बिस्तार भए पछि गाउँमा विधुत सेवा बिस्तार भएको हाे । तिला गाउँपालिकाकाे वडा नम्बर ६ भाैगाेलीक हिसावले बिकट गाउँका रूपमा चिन्न सकिन्छ । उक्त गाउँमा हाल सम्म पनि राष्ट्रिय प्रशारण लाईन पुग्न सकेकाे छैन् । आर्थिक वर्ष २०७७/७८ मा तिला गाउँपालिका र साैर्य उर्जा बिकासकाे आर्थिक सहयोगमा निर्माण भएकाे साैर्य उर्जा घाेडे गाउँमा पनि बिस्तार गरिरहेकाे तिला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जंग राेकायाले बताए ।
उनका अनुसार, तिला ६ घाेडे गाउँमा अहिले ८६ घरधुरिमा बिधुत बिस्तार हुदा नागरिक खुसि भएको बताए । उनले भने, तिलाकाे घाेडेमा बिधुत नभएकाे हाइन २०५४ सालमा घाेडेकाे घट्टे खाेलामा बिधुत उत्पादन भई गाउँमा झिलिमिलि भएको थियाे । उत्पादन भएकाे बजुली ४ वर्ष सम्म संचालन पश्चात् जनयुद्धकाे प्रभावका कारणले मेसिनमा खराबी आई मर्मत गर्न नसकी रहेकाे बिजुली बिग्रेका कारणले गर्दा अन्धकारमा बसेका तिला ६ घाेडेका नागरिकले २३ वर्ष पछि बिधुतकाे महशुल गर्न पाएकाे वडा अध्यक्ष राेकायले बताए ।
गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। कुट्ने पिस्नेकाममा निकै समस्या भइरहेको तियो अब बिजुलि आएसँगै यस्ता समस्या समाधान हुने स्थानीयले बताएका छन् । पुरानै साेलार, झराे र टुकिकाे भरमा रात बिताइ रहेका नागरिक २३ वर्ष पछि गाउँमा बिजुलि पुग्दा खुसि हुनुका साथै सिंहदरबारको अधिकार गाउँ गाउँमा आएकाे महशुस भएकाे स्थानीय युवा गाेगन बहादुर राेकायाले बताए । उनका अनुसार, पहिले साेलारकाे भरमा रहेका हामी गाउँलेहरूले गाउँमा बिजुली पुग्दा खुसि लागेकाे उनले बताए ।
तस्बिर : जंग राेकाया ( वडाअध्यक्ष तिला ६ )
काली बहादुर परियार । २०८१ असोज २७ गते आइतवार