जुम्ला । जुम्लामा स्लो बाइक प्रतियोगिता सम्पन्न भएको छ । जुम्ला जिल्ला पातारासी गाउँ पालिका ५ लासी बजारमा सवारि दुर्घटनामा परि ज्यान गुमाएका पातारासी गांउपालिका का दुइजना युबक को सम्झनामा बुधाबार स्लो बाइक प्रतिस्पर्धा गरिएको हो । बुधबार सम्पन्न कार्यक्रममा पातारासी गाउँपालिका रिनिका हरिकृष्ण बुढा र मीन बहादुर बुढाको सम्झनामा पातारासी गाउँपालिकाका तीन जना युवाले उक्त आयोजना गरेका थिय । हामिले “तिब्र गति जीवन क्षती” मुल नारा राखेर सवारी दुर्घटनामा परि कसैलेपनी अकालमा ज्यान फाल्न नपरोस भन्ने जनचेतना फैलाउन यो स्लो बाइक कम्पिटिसन राखेका हौं। ” आयोजक मध्यका एक रिनिका बिरेन्द्र खड्काले बताए ।
उनले भने ” पछिल्लो समय सवारी दुर्घटानामा परि अकालमा ज्यान गुमाउनेको संख्या बढिरहेको बेला जनचेतना फैलायर अकालमा मृत्यु नहोस भनेर यो आयोजना गरेका हौं ।” आयोजक खड्का कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका फर्मासिस्ठ समेत हुन । प्रतिस्पर्धामा करिब ७० जनाले भाग लगेका थिय ।उक्त प्रतिस्पर्धामा प्रथम हुन सफल चन्दननाथ नगरपालिका छिनाका नारायण रोकाया ले खसी प्राप्त गरे भने दोर्सो र तेर्सो मा क्रम:श पातारासिका छत्र बहादुर बुढा र हिम बुढाले नगद पुरस्कार जितेको आयोजक राजेन्द्र बोहोराले बताए ।
प्रतिस्पर्धामा भाग लगेका सबैभन्दा ज्येष्ठ नागरिक प्रतिष्प्रधि ५५ वर्षिय पातारासी ५ का कर्ण बोहोरालाई सम्मान गरिएको आयोजक राजेन्द्र खत्रीले बताए । पातारासी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख भगवती गिरिलाइ शान्तावना पुरस्कार प्रधान गरिएको थियो । कार्यक्रममा स्वर्गीय हरिकृष्ण बुढाका दाइ प्रभुराज बुढा र स्वर्गीय मीन बहादुर बुढाका आमालाइ सम्मन गरियको थियो । उहाहरु दुबैजनाले आफ्ना आफन्तहरु जस्तै कसैलेपनी सवारी दुर्घटनामा परि ज्यान गुमाउन नपरोस भन्ने सन्देश दिन स्लो बाइक आयोजकलाइ धन्यवाद दिए । आयोजक जयराज बुढाका अनुसार उक्त स्लोबाइक प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
काली बहादुर परियार । २०८१ असोज २४ गते बिहिवार