जुम्ला जिल्लाको विकट बस्ती मानिने तिला गाउँपालिकाकाे केन्द्र रारा देखि मानेचाैर सम्मकाे सडक निर्माणकाे काम तिब्र गतिमा अगाडि बढेकाे छ । याे आर्थिक बर्षा रारा देखि घोडे, सुडि , रिपि हुदै मानेचौर सम्म जाेड्ने सडककाे काम संचालन भई तिब्र गतिमा अगाडि बढेकाे हाे । याे आर्थिक वर्षकाे ७ करोड २६ लाख बजेटमा साे सडक खन्ने काम संचालन भएको तिला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जंग राेकायाले जानकारी दिए ।
उनका अनुसार तिला गाउँपालिकाकाे केन्द्र रारा बजार देखि वडा नम्बर ६ घाेडे, सुडी, रिपि भएर मानेचाैर सम्म जाेडेर गाउँपालिका भ्रमण गर्ने रिङ् राेड निर्माण हुने बताए । उनले भने, याे आर्थिक वर्षकाे साे बजेट क्रमश कार्यनयन हुँदै गएकाे बताएका छन् । जस मध्य २ करोड ६० लाख संघीय समपुरक पालिकाको संघीय सरकारले बिनियोज गरेको बजेट पालिकाले कार्यनयन गर्ने वडा अध्यक्ष राेकायाकाे भनाइ छ ।
यस्तै १ करोड ७० लाख प्रदेश सरकार बाट बिनियिजन रकम भौतिक पुर्वाधार कार्यालय जुम्लाले कार्यनयन गर्ने र हाल याे बजेटकाे काम ठेक्का भई काम समेत संचालन भइसकेको छ । वडा अध्यक्ष राेकायाका अनुसार संघीय सरकार बाट बिनियोजन बजेट २ करोड मध्य १ करोड सडक डिभिजन जुम्लाले ठेक्का गरिसकेको छ भने १ करोड स्थानीय पुर्वाधार कार्यालय सुर्खेतले कार्यनयन गर्न ठेक्का मार्फत सम्झाैता हुन बाँकी रहेकाे बताए । प्रदेश समानिकरण रकम ८६ लाख बजेटको ठेक्का भई सकेकाले अब छिट्टै काम संचालन हुने वडा अध्यक्ष राेकायाले जानकारी दिए । यस्तै समपुरकमा १० लाख संघीय सरकार बाट संघीय समपुरक हस्तान्तरण बाट पालिका बाट बिनियोजन भएको उनकाे भनाइ छ ।
उनले भने, तिला गाउँपालिकाका सबै भन्दा विकट गाउँ बस्ती मध्य घाेडे, रिपि,सुडि, राँसामालापानी, जुम्लाकाेट जस्ता दर्जनाै बस्ती विकटमा रहेकाले सबै बस्तीमा सहजै सडककाे पहुँच पुर्याउने हेतुले याे कार्य संचालन भईरहेकाे जानकारी दिए ।
काली बहादुर परियार । २०८१ मङ्सिर १५ गते शनिवार