जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिका वडा नं ५ बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे छ । जुम्लाका ६० वटा मध्य दाेस्राे वडाका रुपमा पातारासी-५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे हाे । पहिलाे बालमैत्री स्थानीय शासन वडा तिला-६ हाे । यदपी पातारासी-५ जुम्लाकै पहिलाे बालविवाह मुक्त वडा घाेषणा भएकाे थियाे ।
बालमैत्री स्थानीय शासन वडा घाेषणा कार्यविधि-२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्य ८८ प्रतिशत पूरा भएसंगै उक्त वडालाई ओैपचारिक कार्यक्रमका बीच बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे छ ।
जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बालमैत्री स्थानीय शासन वडा घाेषणा गरे । बालबालिकाका क्षेत्रमा पातारासीले गरेकाे काम जिल्लामै प्रंसनिय रहेकाे बताए । घाेषणापछि स्थानीय सरकारले प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु पर्नेमा समेत प्रमुख आर्चालयले जाेड दिए
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराले बालबालिकाकाे विकास बिना अन्य विकासकाे अर्थ नहुने बताए । उनले भने,’पातारासीमा सामाजिक विकास अपेक्षित रुपमा हुन सकेकाे छैन् । शिक्षामा पनि पछि छ । त्यसैले किर्डाक नेपालकाे समन्वय सहकार्यमा पातारासीमा बालबालिकालाई प्रथामिकता दिएर काम गरिरहेका छाै ।’
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बालबालिकाकाे क्षेत्रमा लगानी गर्न कन्जुसाई गर्न नहुने उल्लेख गरे । सरकारकाे लक्ष्यलाई सफल बनाउन बालमैत्री स्थानीय शासन वडा देखि पालिका घाेषणा गर्न तर्फ सबै पालिका अग्रसर हुनु पर्नेमा जाेड दिए ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाले महिला सशक्तिकरण,बालबालिकाकाे विकास,सहभागितालाई सूनिश्चित गर्न पातारासी अग्रसर रहेकाे उल्लेख गरिन् ।
पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले पातारासी गाउँपालिकाले बालबालिकाका क्षेत्रमा उल्लेखीय लगानी गर्दै आएकाे बताईन् ।
गाउँपालिका र किर्डाक नेपालकाे लगानी तथा समन्वय सहकार्यमा पातारासी-४ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न सफल भएका हाै ।
उनले भनिन,’पातारासीले बाल बचाउ,बाल संक्षरण,बाल विकास र बाल सहभागिताका लागि विशेष प्रथामिकता दिदै आएकाे छ । ५१ सूचकमध्य ८८ प्रतिशत प्रगती हासिल गर्न पालिकाले विभिन्न गतिविधि गरेकाे थियाे ।’
२०८७ सम्म नेपाललाई बालमैत्री स्थानी शासन घाेषणा गर्ने राष्टि्य लक्ष्य लिएकाे छ । साेहि लक्ष्य पूरा गर्न पातारासी गाउँपालिकाले विभिन्न गतिविधि संचालन गर्दै आएकाे छ ।
विकास साझेदार संस्था किर्डाक नेपालले लामाे समय देखि जुम्लाकाे पातारासी गाउँपालिका लगायत अन्य पालिकामा बालबालिकाकाे विकास संरक्षणका लागि काम गर्दै आएकाे छ ।
पातारासी वडा नं ५ लाई जुम्लाकै पहिलाे बालविवाह मुक्त वडादेखि बालमैत्री वडा घाेगणा गर्न किर्डाकले पनि सचेतना बृद्दिका कार्यक्रममा जाेड दिएकाे थियाे । कार्यक्रमका अबसरमा पातारासीका विभिन्न विद्यालयले जनचेतना मुलक सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
काली बहादुर परियार । २०८१ भाद्र १४ गते शुक्रवार