जुम्लामा २ दिने ‘द्वन्द्व -संवेदनशील पत्रकारिता’ तालिम सम्पन्न

जुम्ला । साविक कर्णालीका तीन जिल्लाका पत्रकारहरुका लागि जुम्लामा द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशाला प्रशिक्षण तालिमकाे आज समापन भएको छ । साविक कर्णालीका जुम्ला सहित मुगु र कालिकाेटका क्रियाशिल पत्रकार हरुकाे क्षमता विकासका लागि जुम्लामा तालिम सुरु गरिएकाे तालिम समापन भएको हाे । तालिममा तीन जिल्लामा २० जना पत्रकार सहभागी रहेकन थिए । मिडिया एक्सन नेपालकाे आयाेजनामा संचालित दुईदिने द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशालाले माेपसलका पत्रकारलाई कुनै पनि द्वन्द्वका घटना बारे संवेदनशील भएर कसरी रिपाेर्टिङ गर्ने,कस्ता विषयमा ध्यान पुराउने विषयमा विभिन्न प्रस्तुतीकरण समेत गरिएको थियाे ।

कार्यक्रममा आफ्नाे अनुभव सुनाउदै बिबिसि नेपाली सेवा जुम्ला रिपिटर कृष्णमाया उपाध्यायले छाेटाे समयमा यति धेरै द्वन्द्वका कुराहरू सिक्न पाउँदा खुसि लागेकाे बताइन् । उनका अनुसार पहिले हामिले द्वन्द्व भन्ना बितिक्कै जनआन्दोलनका घटना हुन जस्ताे लाग्दथ्याे तर कार्यक्रम पश्चात् हरृक क्षेत्रमा हुने द्वन्द्व लाई बुझेकाे बताइन् । यस्तै कालिकाेट जिल्ला बाट जुम्लामा कार्यक्रमका क्रममा सहभागी रहेका रेडियो चंखेली कालीकाेटका स्टेसन म्यानेजर खडान्नद अधिकारीले समाचार लेखनमा हामी धेरै चुकेकाे बताए । याे  छाेटाे समयमा सिककेा सिपले हाम्रो जिवनमा परिवर्तन हुने आसा गरेकाे बताए । मिडिया एक्सन नेपालले पत्रकारका क्षमता अबिवृद्वी लगाएतका कार्यक्रम गर्दै आएकाे उनकाे भनाइ रहेकाे छ ।

चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपानेका अनुसार पत्रकारका क्षेत्रमा निकै अपरिहार्य कार्यक्रम रहेकाे बताए । जुनसुकै पत्रकारले समाचार लेखनमा समाज भड्काउने खालका समाचार सम्प्रेषणमा विशेष ध्यान दिन उन सुझाव दिए । उनले भने, आगामी दिनमा पत्रकारले समाजमा रहेका हरृक बिकृती र बिसंगतीका बारेमा  द्वन्द नभड्काउने तबरले समाचार सम्प्रेषण गर्न अनुुराेध गरे ।

यस्तै तालिमा मुख्य प्रशिक्षक तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले कर्णालीका पत्रकार लाई द्वन्द्व संवेदनशील पत्रकारीताका बिषयमा जानकारी गराउन खाजिएकाे बताए । उनका अनुसार २ दिनकाे समयमा भए गरेका कुरालाई पत्रकारीताका क्षेत्रमा काम गर्न सुझाव दिए । प्रशिक्षक अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई, कर्णाली प्रदेशका पत्रकारलाई द्वन्द संवेदनशील पत्रकारिताबारे जानकारी दिने उद्देश्यले तालिम आयाेजना गरिएकाे मिडिया एक्सन कर्णाली प्रदेश संयाेजक ललित बुढाले बताए । याे तालिम यसअघि सुर्खेत र रूकुम पश्चिममा सञ्चालन भएकाे थियाे ।



तपाईको प्रतिक्रिया