खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले सुपथ मुल्य पसल संचालन गरे पछि चामल लिनेकाे भिडभाड भएकाे छ । बिजय दँशमीकाे अबसरमा संचालन भएकाे सुपथ पसलमा बजारकाे मूल्य भन्दा सस्तो भएकोले चामल लिनेकाे भिड लागेकाे हाे। चामल लिनकाे लागि महिला पुरुष छुट्टा छुट्टै लाईन लगाएर चामल वितरण गरिएकाे छ । प्रतिकेजी ५ रुपैया र प्रति बाेरा १२५ रुपैया छुट भएपछि चामल लिन स्थानीयकाे भीड लागेकाे हाे । भीडलाई राेक्न प्रतिव्यक्ति २ बाेरा उपलब्ध गराईएकाे छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका प्रमुख सन्ताेष तिवारीले बताए । उनका अनुसार जिल्ला भरीका लागि सहुलियत मूल्य पसल संचालन गर्न ५ हजार क्वीईन्टल छुटाईएकाे छ । जसमा जिल्ला शाखाकाे लागि २५ सय क्वीईन्टल चामल छुटाईएकाे छ । भने जुम्लाकाेट डिपाेका लागि ५ सय,धाँपा डिपाेका लागि ५ सय क्वीईन्टल छुटाईएकाे छ । भने ताताेपानीकाे विक्रि केन्द्र पाथरखाेलामा ५ सय क्वीईन्ट,पातारासिकाे लुम र हिमाकाे बाजागाड वितरण केन्द्रका लागि ५ सय क्वीईन्टल छुटाईएकाे प्रमुख तिवारीले बताए ।
उनले भने,’सुपथ मूल्य पसल संचालन आगामी माघ २ गते सम्म हुने छ । पहिलाे दिन निकै भीड देखिएकाे छ । दशैँ तिहार अवधिभर जुम्लामा खाधन्न अभाव हुने छैन् । विस्तारै अनुकूलता अनुसार चामल लिन सकिने छ ।’माघ २ गते सम्म सुपथ मूल्य पसल संचालन हुने भएकाेले अभाव भएकाे खण्डमा पनि थप काेटा माग गरिने छ । भने फूलपातीकाे अघिल्लाे दिन असाेज २३ गते सम्म वितरण हुने छ। भने दशैँ विदा सकिएपछि पुन सुरु हुने छ । खाद्यले हाल स्ट्रिम जिरा मसिनाे,अरुवा माेटा र साेना मन्सुली चाल विक्रि हुँदै आएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताए ।
उनका अनुसार सहुलियत मूल्य पसल संचालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५,प्रतिबाेरा १६ सय ७५ रुपैयाँ पर्ने अरुवा माेटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने साेना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा विक्रि हुने छ । चाडपर्वका बेला सहुलियत पसलबाट थाेरै छुटले पनि विपन्न नागरिकलाई राहत हुने समेत अपेक्षा गरिएकाे छ । प्रत्यक दिन विहान १० बजेदेखि दिँउसाे २ बजेसम्म वितरण हुने छ ।
काली बहादुर परियार । २०८१ असोज १३ गते आइतवार