जुम्ला : प्राकृतिक फूल उत्पादन र बिक्रीको सम्भावना भए पनि स्थानीय बजारमा कृतिम र प्लास्टिकका फूलमात्रै बिक्री हुँदै आएको छ । प्राकृतिक फूल उत्पादन र बिक्रीको सम्भावना भए पनि उत्पादन कमीका कारणले स्थानीय बजारमा कृतिम र प्लास्टिकका फूलमात्रै बिक्री हुँदै आएको हाे । भारतबाट आयात गरिएका प्लास्टिकका फूलले ग्रामीण भेग देखि सदरमुकाम सम्मका बजार झकिझकाउ भएका छन् ।
बजारमा प्राकृतिक फूल कमै मात्रामा देख्न पाहिन्छ । पहिले बजारमा प्लास्टिकका माला नभएकाे बेला गाउँ घरमा उत्पादन भएका प्राकृतिक मालाले भाइ टीका मनाउने चलन रहेकाे थियाे । तर हिजाे आज समय परिवर्तन भए सँगै प्राकृतिक मालाकाे उत्पादनमा कमी आएका कारणले र बिक्री पनि नहुने भएका कारणले बजारमा प्लास्टिकका मालाकाु बिकबिकि भएका बुढापाखाले बताएका छन् ।
घरैपिच्छे थोरै फूल खेती भए पनि सबैले प्लास्टिकका माला किन्ने चलन भएको स्थानीय व्यापारी बताउँछन् । बजारमा २ सय देखि ३० रुपैयाँसम्ममा पाइने प्लास्टिकका फूलले बजार लिएको छ । छिट्टै नष्ट हुने र बिक्री पनि नहुने हुँदा प्राकृतिक फूलको व्यापार घटेको सुलभ कस्मेटिक्स एण्ड स्टाेर्सका व्यापारी सुजता श्रेष्ठले बताइन् । जुम्ला बजारका कालेखाेली, ऐयरपाेर्ट, बिच बजार, बसपार्क, हस्पिटल लाइन, जुगाडखाेला, बिजयनगर लगायत मुख्य बजार प्लास्टिकका मालाले रंगिएका छन् ।
तिहार सुरु भएसँगै फलफूल र मिठाइको व्यापार पनि बढेको छ । ‘सबैले प्लास्टिककै फूल किन्दा स्थानीय उत्पादनमा कमी आउनुका साथै स्थानीय व्यापारी मारमा परेका छन् । प्लास्टिकका वस्तुप्रतिको आकर्षणले प्राकृतिक र स्थानीय उत्पादनको प्रयोग हुन नसकेको हाे ।
काली बहादुर परियार । २०८१ कार्तिक १५ गते बिहिवार