हिमालयन बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न :  ४७ लाख ८७ बैंक माैज्जात

हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाकाे सत्राैँ सधारण सभा साेमबार सम्पन्न भएको छ । साेमबार एक कार्यक्रमका बिच सहकारीको साधारण सभा सम्पन्न भएको हाे । याे संस्था बि.सं २०६४ सालमा स्थापना भएको संस्थाले जुम्ला बजार र पातारासी गाउँपालिकामा शाखा संचालन गरि काम गर्दै आईरहेकाे छ  । सत्राैँ साधारण सभाकाे कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ काे असार मसान्तसम्मकाे आय व्याय प्रस्तुत हिमालयन बहुउद्देश्यीय सहकारी संसथाका व्यवस्थापक राजेन्द्र बुढाले गरेका थिए । आय व्याय प्रस्तुत गर्दै बुढाले नेपालभरी र विदेशको जुनसुकै ठाउँ बाट रकम लिन र दिनकाे लागि रेमिटान्स सेवाहरु संचालन गर्दै आईरहको बताए । उनले भने, यस सहकारी संस्थाको आर्थिक वर्ष २०८०।०८१ असार मसान्त सम्म संस्थामा आवद्ध सदस्य तथा विक्तिय कारोवार अनुसार जम्मा सदस्य संख्या १ हजार ८ सय २६ जना रहेका छन् । जस मध्ये महिला १ हजार ३ सय २६ जना  र पुरुष ५०० जना सेयर सदस्य रहेकाे बताए ।

यस्तै बाल सदस्य ६ सय २० जना भने बालिका सदस्य ३ सय २३ र  बालक सदस्य २ सय ९७ जना सहकारीमा बचत कर्ताकाे रूपमा रहेकाे जानकारी दिए । व्यवस्थापक बुढाका अनुसार हिमालयन बहुउद्देश्यीय सहकारी संस्थामा हाल सम्म १  सय ८४ वटा समुह संस्थामा आवद्ध रहेका छन् । उनका अनुसार, जम्मा शेयर पुर्जि ५५ लाख ४९ हजार, निछेप रकम ३ करोड २८ लाख, कोष हिसाब २० लाख ४० हजार, कर्मचारी हितकोष ४ लाख ९७ हजार, मुक्तानी दिनुपर्ने १ लाख २५ हजार र अन्य दायीत्व २४ लाख ६६ हजार गरि दायित्व रकम ४ करोड ७ लाख ५ हजार ३ सय ४ रुपैयाँ रहेकाे बताए ।

यस्तै सहकारीकाे सम्पती तर्फ हाल सम्म ऋण लगानीमा ३ करोड ९८ हजार, सम्मृती नाख १८ हजार, बैंक माैज्जात ४७ लाख ८७ हजार यस्तै पेश्कि लागानी रकम २९ लाख १ हजार जम्मा सम्पती रकम ४ करोड ७ लाख ५ हजार ३ सय ४ रुपैयाँ  सहकारीकाे ऋण लगानी रहेकाे व्यवस्थापक बुढाले बताए । उनका अनुसार हाल सम्म सहकारीकाे आम्दानी तर्फ व्याजमा  ३१ लाख ९२ हजार, अन्य आम्दानी ४ लाख ११ हजार गरि जम्मा ३६ लाख ३ हजार ८ सय ४८ रूपैयाँ सहकारीकाे आम्दानी रहेकाे भने खर्च तर्फ सदस्यलाई ब्याज खर्च १५ लाख ०६ हजार, कर्मचारी भर्ना खर्च १४ लाख ८१ हजार र अन्य प्रशाशनिक खर्च ५ लाख ६१ हजार ८ सय ७२ रूपैयाँ गरि ३५ लाख ४८ हजार ८ सय ७२ रूपैयाँ खर्च भएको साधारण सभामा बताएका छन् । यस्तै शुद्ध नाफा ५४ हजार ९ सय ७६ रुपैया रहेको व्यवस्थापक बुढाले बताए ।

यस्तै सहकारीकाे साधारण सभालाई सम्बाेधन गर्दै जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले देशमा आर्थीक मन्दि र सहकारी आन्दोलन भई रहेकाे बेलाा पनि यस सहकारीले साधारण सभा गरेकाे प्रति धन्यवाद प्रकट गरेका छन् । उनले भने, सहकारी प्रतिकाे बिश्वास छैन भन्नुकाे पछि नलाग्न अनुराेध गरेका छन् । बचत अरू कसैका लागि नभएर आफ्नाे भावि याेजनाका लागि रहेकाले बचत गर्न अध्यक्ष पाण्डेले अनुरोध गरे ।

उनका अनुसार जुम्लामा बचत फिर्ता नपाएका सेयर सदस्य र भागेका सहकारी लाई कार्वाही गरि बचत कर्ताकाे सेयर बचत फिर्ता गराउने प्रतिवद्वता जनाएका छन् । हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मयादत्त आचार्यले अन्य सहकारी भन्दा हिमालयन सहकारी एक भरपर्दो सहकारी भएकाे दाबि गरे । उनले भने जुनसुकै सहकारीमा बचत गर्दा हरेका काेण बाट जानकारी प्राप्त गरे मात्र बचत गर्नु पर्न बताएका छन् । साधारण सभा कार्यक्रममा सहभागीहरूले आगामी दिनमा सहकारीकाे प्रगति हुँदै जावस भनी शुभकामना दिएका छन् ।



तपाईको प्रतिक्रिया