सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

जुम्ला – सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य आवश्यक नपर्ने भनिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्यि परिचयपत्र अनिवार्य नभएको जनाएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले २०८१ जेठ २४ गते सामाजिक सुरक्षा सम्वन्धी सेवा प्रदान गर्न राष्ट्यि परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो । त्यो निर्णय २०८१ असार १० गते नेपाल राजपत्रमा प्रकाशन पश्चात कार्यन्वयनमा आएको थियो ।
पछि देशभर निरन्तर परेको बर्षाका कारण ठाउँ ठाउँमा बाढीपहिरो, विपद्को अवस्था सिर्जन भएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकलाई असहज भयो ।

बाढीपहिरोले धेरै टाढाबाट जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिलाई प्रशासन पुग्न असहज भएपछि अहिले राष्ट्यि परिचयपत्र अनिवार्य गरिएको छैन ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भने सामाजिक सुरक्षा भत्ता बुझ्न गृहमन्त्रालयले राष्ट्यि परिचयपत्र अनिवार्य नगर्न भनि परिपत्र गरेको छ ।



तपाईको प्रतिक्रिया