जुम्ला । दलित अभियान्ता खगेन्द्र सुनार रिहाईकाे माग गर्दै जुम्लामा विराेध प्रदर्शन गरिएकाे छ । दलितलाई खाेई अभियानका क्रममा नेल सहित संसद भवन प्रवेश गर्न लागेपछि सुनारलाई प्रहरीले गिरफ्तार गरेकाे हाे ।
उनी एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।साेमबार नेपाल प्रहरीले सुनारलाई गिरफ्तार गरेपछि देशभर विराेध प्रर्दशन भईरहेकाे छ । जसअन्तर्गत जुम्लाका पनि सरकार निर्माण देखि राजनीतिक नियुक्तिमा दलितलाई भएकाे विदेश विरुद्द र अभियान्ता सुनारकाे रिहाईकाे माग गर्दै प्रर्दशन गरिएकाे हाे ।
।
जिल्ला प्रहरी कार्यालय नजिकैबाट सुरू भएकाे विराेध र्याली जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेर टुंगिएकाे थियाे । जिल्ला प्रशासन अगाडि नारा बाजि समेत गरिएकाे थियाे ।
टाेलीले सुनारकाे गिरफ्तारीकाे विराेध गर्दै रिहाइकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएकाे थियाे । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।
काली बहादुर परियार । २०८१ साउन ३० गते बुधवार