नेकपा माओवादी केन्द्र जुम्लाले जुम्लाका ६० वटै वडामा खबरदारी सभाकाे आयाेजना गर्ने

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले जुम्लाका ६० वटै  वडामा  खवरदारी सभाकाे आयाेजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्रले सरकार बिरूद्व जुम्लाका ६० वटै वडामा पुगेर खबरदारी सभाकाे आयाेजना गर्ने भएको हाे ।

आज बसेकाे बैठकले जुम्ला जिल्लामा रहेका ६० वटै वडामा सरकार बिरूद्व खबरदारी सभा आयाेजना गरि खबरदारी गर्ने निर्णय गरेकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला ईन्चार्ज नरेश भण्डारीले बताए । उनका अनुसार जुम्ला जिल्लाभरका सबै पालिकाका वडामा  सरकारविरुद्ध खवरदारी सभा आयोजना गर्ने घोषणा गरेकाे बताए ।

नेकपा माओवादी केन्द्र जुम्लाकाे आयाेजित कार्यक्रममा जुम्ला जिल्लाका ८ स्थानीय तहका ६० वटै वडामा खवरदारी सभा गर्ने विषयमा पार्टीको बैठक बसेर निर्णय गरेकाे जानकारी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुँदासम्म राजनीतिक स्थिरता नहुने भन्दै अब त्यसैलाई एजेन्डा बनाएर अघि बढ्ने जानकारी दिए ।



तपाईको प्रतिक्रिया