पत्रकार महासंघको जुम्ला अध्यक्षमा चाैलागाई निर्वाचित

जुम्ला,२८ मंसिर : नेपाल पत्रकार महासंघको जुम्ला शाखा अध्यक्षमा पुर्ण प्रसाद चाैलागाई निर्वाचित भएकाछन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चाैलागाई अध्यक्षमा निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ याेगीले जानकारी दिनुभयो ।

 

जम्मा मतदाता संख्या ५४ मध्ये ५३ मत खसेको थियो । अध्यक्ष चाैलागाईले २८ मत ल्याउनु भएको थियो । उनका प्रतिस्पर्धी शाहीले २५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक याेगीले बताउनुभयो । जिल्ला कार्य समितिमा चाैलागाईकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा नाैरेते नेपाली , महिला उपाध्यक्षमा गीता शाही , सचिवमा प्रकाश उपाध्याय , काेषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुवर र समावेशी सचिवमा सरीता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक याेगीले बताउनुभयो ।

 

त्यस्तै सदस्यहरुमा मोहन शाही, टेक हमाल , सिता कुमाई ,सपना रावत , सिवानी वि.क.,लक्ष्मी न्यौपा‌ने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। प्रेस सेन्टरबाट दुई अध्यक्ष उम्मेदवार भएपछि चाैलागाईलाई प्रेस युनियन र प्रेस चौतारीले समर्थन गरेको थियो । समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले गठबन्धन गरेका थियो । निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचित पदाधिकारीकाे मत परिणाम :

अध्यक्ष
पूर्ण प्रसाद चाैलाँगाई-२८
नेत्र बहादुर शाही-२५
उपाध्यक्ष(खुला)
नाैरते नेपाली-२९
दिलमाया शाही-२३
उपाध्यक्ष (समावेशी)
गीता शाही-२९
अनिता बुढा-२३
सचिव
प्रकाश उपाध्याय-२९
गाेल्डेन बुढा-२४
काेषाध्यक्ष
सागर परियार-२९
राम प्रकाश विक-२४
सह-सचिव (खुला)
मान बहादुर कुँवर-२९
उमेश बुढा-२४



तपाईको प्रतिक्रिया