कालीकोट जिप दुर्घटनाका घाइते भएकालाई सुर्खेत ल्याइँदै
कालीकाेट : कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा जिप दुर्घटना हुँदा घाइते भएकालाई सुर्खेत ल्याइँदै छ । घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो । बाँकी ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मृतक र घाइतेको संख्या यकिन हुने क्रममा छ । पलाताको थिर्पूबाट करिब २० जना यात्रु बोकेर गएको जिप आइतबार दिउँसो साढे २ बजे दुर्घटना भएको थियो । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।
दुबोखबर । २०८१ कार्तिक २५ गते आइतवार