काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको खेलमा नेपालका फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएका छन् । खेलको ५१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छाडिन् । अब नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।रेखाले रातो कार्ड पाएपछि नेपाली खेलाडी र दर्शक आक्रोशित बनेका थिए । दर्शकहरु रेफ्री आउट भनेर नारा लगाएका थिए ।
दुबोखबर । २०८१ कार्तिक ११ गते आइतवार