जुम्ला – सडक, बिधुत, खानेपानी, यातायात लगायतका पुर्वधारकाे व्यवस्था गर्न स्थानीय सरकार सक्रिय हुनु पर्ने ठाउँमा जनता आफै सक्रिय भएका छन् । यस्तै उदाररण हाे पातारासि, त्याहाँका युवाले आफ्नै लगानीमा सडक मर्मत गरेका छन् । सदरमुकाम खलंगा, जुम्ला विमान स्थल हुँदै पातारासी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बढिखोली सडक खण्डमा स्थानीय युवाले मर्मत गरेका छन् ।
पातारासी गाउँपालिका पुग्ने बढिखोली खडक खण्डमा बर्खाको बाढीले विगार्नुका साथै खाल्डाखुल्डी भएर सवारी साधन आवतजावतमा असहज भएको थियो । स्थानीय युवा प्रदीप बिष्ट पृथ्वी बुढा र अर्जुन महताराले डोजर प्रयोग गरेर सडक मर्मत गरेका हुन् । स्थानीय अर्जुन महताराका अनुसार ल्होर्पगाउँ जाने पुलदेखि उर्थुचौतारा दोफाड्नासम्म साढे तीन किलोमिटर सडक डोजर प्रयोग गरेर खाल्डखुल्डी पुरेका छौँ । उनले भने, करिव एक लाख ८० हजार रुपियाँ बराबरको सडक मर्मत गरिएको छ । सवारी साधन आवतजावतमा सहजता होस भन्ने उद्देश्यले सडक मर्मत गरिएको हो ।
काली बहादुर परियार । २०८१ कार्तिक १० गते शनिवार