पर्यटन विकासका लागि आवश्यक पूर्वाधारमा प्राथमिकता दिन मेयरलाई ध्यानाकर्षण पत्र

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं। १० सहित समग्र नगरक्षेत्रका समस्याहरूप्रति तत्काल कदम चाल्नुपर्ने माग राख्दै सचेत युवा समूहले मेयरलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। चन्दननाथ नगरपालिकाका विभिन्न विकास कार्य तथा नगरबासीका दैनिक समस्याहरूप्रति प्रशासनको ध्यानाकर्षण गराउन खोजिएको छ। सचेत समूहले सडक, ढल, फोहोर व्यवस्थापन, सडक बत्ती, नगर क्षेत्रको शैक्षिक स्तर सुधार, स्थानीय बन संरक्षण, र पर्यटन विकासका लागि आवश्यक पूर्वाधारमा प्राथमिकता दिन माग गरेको छ। ध्यानाकर्षण पत्रका अनुसार, नगरपालिकामा सडक निर्माण र पिच गर्ने काम केही महिनादेखि ठप्प रहेकोमा त्यसको कारणसहित छिटो पुनः सुरुवात गरिनुपर्ने, लामो समयदेखि सडक विस्तारका लागि लागत कटौती हुन नसकेको समस्याको समाधान हुनुपर्ने र नगर क्षेत्रमा न्यूनतम मापदण्ड अनुसार ढल तथा फोहोर व्यवस्थापन सुदृढ गर्नुपर्ने माग उल्लेख छ।

युवा समूहले नगरक्षेत्रका सबै वडामा सडक बत्तीको व्यवस्था गर्न, अनियमित पार्किङ नियन्त्रण गर्न, र फोहोर व्यवस्थापनका लागि अन्य विस्तारित क्षेत्रहरूलाई पनि प्राथमिकता दिन आग्रह गरेको छ। साथै, नगरको भविष्यको विकासका लागि गुरुयोजना बनाई औद्योगिक, कृषि, वन, पर्यटन र शहरी क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएको छ। सचत यूवा समूहले स्थानीय वन संरक्षणमा विशेष ध्यान दिँदै, राष्ट्रिय र सामुदायिक वनमा भइरहेको अतिक्रमण रोक्न तथा खाली क्षेत्रहरूमा वृक्षारोपण गरेर हरियाली कायम गर्न आग्रह गरेको छ। सचेत समूहले नगर क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्त्व बढाउने र नगरमा रहेको नदी, खोलानालाका बहाव क्षेत्रलाई सुरक्षित राख्न अतिक्रमण गरिएको संरचना हटाउनुपर्ने माग गरेको छ। समूहका प्रतिनिधिहरूले ध्यानाकर्षण पत्रमार्फत जनस्तरबाट आएको आवाजलाई कार्यान्वयन गर्न प्रशासनले गम्भीरता देखाउनुपर्नेमा जोड दिएका छन्। उक्त पत्रमा समयमै उचित कार्य नगरे स्थानीयले विरोध गर्ने चेतावनीसमेत दिइएको छ।

ध्यानाकर्षण पत्र : 



तपाईको प्रतिक्रिया