उठ भन्दै हात समाउने छैन कि उस्को कोइ?
कहाँ गयो बाल अधिकार गणतन्त्र खोइ ?
आकासको छानो ठुटो सिरानि पत्करको बिछ्याउना
छोप इज्जत मानव अधिकार कुरिकुरि ओइ ।
-सुमित्रा श्रेष्ठ
कसलाई पो थाहा छ र दूरदराजको कहानी
यो तस्बिरले पनि बोल्दैछ शिक्षा हो दीपको खानी
दु:ख,अभाव र पीडा भित्र त्यो पर्खाई उज्यालोको
थकित मुहारले बन्नु बाबू सबैको आँखाको नानी ।**
-तिलक गाउँले
ठूलो बन्ने चाहनाले अञ्जानमै बोक्छ पुस्तकको भारी
उकाली ओरालीले थाक्छ निदाउँछ घाम छेल पारी
हास्ने रमाउने दिनमा लहलहै हिंड्छ देखाएको गोरेटो
गाँस्छ प्रकृतिसँग मितेरी बन्छ योग्य संघर्षले निखारी ।
-सुस्मिता अधिकारी
सफलताको शिखर चढ्न मलाई मन छ
प्रगतिपथमा झनै अघि बढ्न मलाई मन छ
तर अपसोच अरूको घरमा काम गर्दै थाक्छु
जीवन सार्थक तुल्याउन पढ्न मलाई मन छ ।
-सुमन शर्मा
हतारहतार गरी स्कुल हिँडे खाएर ढिडो र आटो
कहिले निदाउंछु रुखमुनि त कहिले बारीको पाटो
भ्युटावर बनाउने जान्ने मेरो देशको सरकारले यहां
सकेन बनाउन म जस्ता हजारौको स्कुल जाने बाटो l
-देवी कार्की
दुबोखबर । २०८१ कार्तिक ५ गते सोमवार