पातारासीकाे डिल्लीचाैर स्वास्थ्य चाैकीमा १४२ जना विरामीका आँखा परीक्षण, ३२ जना रिफर

जुम्ला – पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ चौकीमा १४२ जना विरामीको आँखा परीक्षण गरिएको छ । १६ भदौँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, तिलगंगा आँखा अस्पताल काठमाडौं र स्थानीय निकायको समन्वयमा सञ्चालन गरेको शिविरमा आँखा परीक्षण गरिएको हो ।
आँखा परीक्षण गरिएका १४२ जना मध्ये ३२ जना मोतिबिन्दु भएका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सल्यक्रियाका लाग रिफर गरिएको डिल्लीचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक सर्जन शाहीले बताए ।
१७ भदौंमा गुठीचौर गाउँपालिकाको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ भदौंमा तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगर र २० भदौंमा सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदै छ ।
शिविरबाट रेफर भएर आएका विरामीको विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा २२, २३ र २४ भदौंमा शिविरबाट छनोट भएका आँका बिरामीको मोतिविन्दुको शल्यक्रिया हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । उनले भने, अब प्रतिष्ठानमा आँखा विभाग स्थापना भईसकेकोले नियमित सल्यक्रिया सेवा प्रवाह हुने छ ।

 



तपाईको प्रतिक्रिया