जुम्ला, भाद्र ४ । चन्दननाथ नगरपालिकाका १४ जना नगर प्रहरी आज दीक्षित भएका छन्। जुम्लाको राजासिम रंगशालामा आभारभूत तालिममा सहभागी १४ जना नगर प्रहरीहरूलाई दीक्षित गरिएको नगरपालिकाले जनाएको छ। उनीहरूलाई चन्दननाथ नगरपतलिकाका नगर उपप्रमुख रामदेि खड्का, जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, चन्दननाथ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपाने, नेपाली सेनाका सेनापती धिरज थापा,सशस्त्र प्रहरीका एसपी लाल बहादुर शाही लगायतले दीक्षित गरेका हुन्।
३० दिन भन्दा बढी सम्म चलेको तालिममा सशस्त्र प्रहरीकाे टोली लगाएतले प्रशिक्षण गरेका थिए। तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भीड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
दिक्षित कार्यक्रममा बाेल्दै नगर उपप्रमुख रामदेबि खड्काले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर लाई थप सशक्त बनाएको बताईन् । जनशक्तिका हिसाबले नगरका लागि याे न्यून संख्या हाे । तर पनि नगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेकाे बताइन् । दिक्षित भएका नगर प्रहरीले नगरकाे हितमा हुने काम गर्ने छन् भन्ने नगर आसामा रहेकाे उपप्रमुख खड्काकाे भनाइ छ ।
नगर प्रहरीलाईलनगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, नगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, नगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएको उनले बताइन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिले दिक्षित भएका सबै नगर प्रहरीलाई धन्यवाद दिनुका साथै नगरकाे हेरचाह र संरक्षणमा लाग्न नगर प्रहरी लागि हामि आसामा रहेकाे बताए । यस्तै सशस्त्र प्रहरी बल नेपाल जुम्लाका एसएसपी लाल बहादुर शाहीले आफ्नो काम कतब्य र अधिकारमा रहि नगरकाे हितमा हुने काम गर्न सुझाव दिए । उनका अनुसार हाम्रो टिमलाई नगरपालिकाले बिश्वासले प्रशिक्षण गराउने अवसर दिएकोमा नगरपालिका प्रति आभारी भएकाे बताए । दिक्षित कार्यक्रममा नगर प्रहरीका आफन्तहरूले नयाँ नगर प्रहरीलाई अबिर, खाता र माला लगाएर बधाई दिएका छन् ।
तस्बिर : के.बि अछुत / दुबाे खबर टकम
काली बहादुर परियार । २०८१ भाद्र ४ गते मङ्गलवार