“गजल”

सबैको एकदिन फर्केर अवसर आँउछ
लिएर खालि निधार तिम्रो सहर आँउछ,

नभए कसले सम्झिन्छ फुलेका बाआमा
दशैं आँउदा छोरो बल्ल गाँउघर आँउछ,

तिम्रो उपहारले बाआमाको एक पेट भरिन्न
बाको आशिर्वादले हरचिज सकभर आँउछ,

कहिल्यै फर्कन्न घरको खुसी तिमि आएर
फर्कन्छ तब जब बाआमाको कदर आँउछ,

लिएर जान्छौ बिजयको अबिर निधारमा
आमा रुन्छिन् उनको मुटुमै खन्जर आँउछ।

सन्तोष ढुङ्गाना
रुपन्देही



तपाईको प्रतिक्रिया